बुधबार ०३ कार्तिक २०७८

काठमाडौं/ सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहबाट विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् । सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने स्रोतले जनाएको छ । वार्ताका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो शर्त रहेको स्रोतले जनाएको छ ।

साथै वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्रसमेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।

सरकारले पनि आजै गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।

३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया