
काठमाडौं / ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्क’ली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो ।
अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्क’ली कागजात बनाउने कार्यमा संलग्न छ ज’नालाई प’क्राउ गरी का’रबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
प’क्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही रहेका छन् ।
उनीहरुलाई अमेरिकन राजदूतावास महाराजगञ्ज र काठमाडौँका विभिन्न स्थानबाट नक्क’ली शैक्षिक प्रमाणपत्रसमेत बरा’मद गरिएको छ । शैक्षिक प्रमाण–पत्र बनाउने कार्यमा सं’लग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुस’न्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प’क्राउ परेका व्यक्तिहरुलाई मु’लुकी अ’पराध सं’हिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी क’सुरमा आवश्यक कार’बाहीका लागि महानगरीय प्र’हरी परिसर काठमाडौँमा बुझाइएको छ । न्यु’ज 24 नेपा’लबाट ।