शुक्रबार १२ आश्विन २०८०

काठमाडौं /उपराष्ट्रपति कार्यालयमा शाखा अधिकृत भएको भन्दै ठ’गी गर्ने एक युवकलाई प्रह’रीले प’क्राउ गरेको छ। महानगरीय अप’राध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई नि’यन्त्रणमा लिएको हो।

उनले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय नाम दुरुप’योग गरी नपाएको ओहोदा वा पद पाएको भनी भ्र’म सिर्जना गरी ठ’गी गरेकाले नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

भट्टले नेपाली सेनाका एकजना कर्णेलसँग ‘सरकारी अधिकृत’कै हैसियतमा परिचय गरेका थिए । कर्णेलसंग नजिकिएका उनले तस्बिर खिचाए । अफिसवाट विदा लिएर तीन वर्षका लागि क्यालिफोर्निया जान लागेको समेत उनले बताएका थिए । कर्णेलसंगको परिचयका कारण उनी ठ’गी आरोपमा प’क्राउ परेको हुन् ।

छोटो चिनजानमै उनले एक दिन आफन्त दुर्घ’टनामा परेको र उपचा’रका लागि ठूलो रकम लाग्ने भन्दै कर्णेलसंग पैसा सापटी मागे । कर्णेललाई शं’का लाग्यो । उनले भट्टका बारेमा जानकारी लिन थाले । उपराष्ट्रपतिको एडिसीसंग बुझ्दा उनको सबै कुरा झु’टो ठहरियो ।

उनको ठ’गी यतिमा मात्र सिमित रहेनछ । एक महिलालाई आफु उपराष्ट्रपति कार्यालयकै कर्मचारी हुँ भनेर संगै बस्ने समेत गरेका थिए । विवाहको आश्वासन दिएर लिभिङ टुगेदरमा बस्ने गरेका भट्ट विवाहित हुन् । उनको डोटीमा श्रीमती र छोराछोरी पनि छन् ।

महिलाहरूसँग उनी ‘अविवाहित हुँ’ भन्थे । तर, उनी विवाहित रहेको खुलेको छ । ति युवतीलाई आफु सिए पढ्न क्यालिफोर्निया जान लागेको भन्दै असोजमा विवाह गरेर अमेरिका जाने आश्वासन समेत दिएका थिए ।

युवती शाखा अधिकृतको तयारीमा थिइन् । युवतीलाई भट्टले ‘उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ’ भनेर आकर्षित गराए । युवतीको स्कुटरमा बेला–बेला उनी उपराष्ट्रपति कार्यालय अगाडि छाड्न र लिन बोलाउँथे ।

प्रहरीले प’क्राउ गरी भट्ट माथि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा उनले अन्यलाई पनि ठ’गी गरेको खुलेको प्रहरीले जनाएको छ । भट्टले आफ्ना बुवा सिङ्गापुर प्रहरीमा एसपी पदमा कार्यरत रहेको गफ दिने गरेका थिए । सेतो सर्ट र नीलो सुट लगाएर हिँड्ने उनी बिना हिचकिचाहट भन्थे– ‘म अधिकृत हुँ ।’

उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठ’गी गरेको खुलेको महाशाखाले जनाएको छ।

भट्ट यसअघि साइबर क्रा’इम र ठ’गी मु’द्दामा जिल्ला अदा’लतमा एक वर्ष कै’द र ३० हजार जरि’वानाको स’जाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ। उनलाई २०७५ चैत्र २६ गते महाशाखाले प’क्राउ गरेको थियो।

उनीबाट कोही व्यक्तिहरु पी’डित भएको भए महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठ’गी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ। इता’जा खब’रबाट ।

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया