
काठमाडौं / भारतीय प्रधानमन्त्रीवि’रुद्धको प्रद’र्शनप्रति गृह मन्त्रालयले आ’पत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्र राष्ट्रका विषयमा पनि अना’वश्यक टिप्प’णी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको हाे ।
‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको ग’म्भीर ध्यानाकर्षण भएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्श्रृङ्खल र नि’न्दनीय गतिविधिप्रति मन्त्रालय ग’म्भीर आ’पत्ति प्रकट गर्दछ ।’
मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरु’द्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख छ ।
‘मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँ’च आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’, गरिन्छ विज्ञप्तिमा भनिएको छ ।
गृहको विज्ञप्तिमा मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वा’र्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको भन्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने भन्दै त्यस्तो कुरा नमान्नेलाई कार’वाहीको चे’तावनी दिइएको छ ।
‘मित्र राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई का’नून हातमा लिनेलाई का’रवाही गरिने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।