शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ, १८ भदौ / काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु का’टेर मा’सु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना प’क्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चो’रीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गो’रुको मा’सु ओ’सारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई प’क्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मा’सु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घट’नामा संलग्न पाँच जनालाई प’क्राउ गरेको हो । गोरु का’ट्ने, मा’सु ओ’सार्ने र त्यसमा प्र’योग भएको स्कुटी पनि प’क्राउ गरिएको महानगरीय प्र’हरी वृत्त बौद्धले जनाएको छ ।

ठूलाठूला दुई गो’रु का’टेर मा’सु नगरकोट लैजाने व्यक्तिसहित त्यस घ’टनामा सं’लग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले प’क्राउ गरेर आवश्यक अनु’सन्धान अघि बढाएको छ । प’क्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् ।

घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अ’दालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले राससलाई जानकारी दिए ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको अस’हाय गाई बाच्छा संरक्षण स्थलमा आ’श्रित गो’रु का’टेर मा’सु बेचेको अवस्थामा टा’उको भेटिएको छ । अस’हाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनु’सन्धानका लागि नगरपालिका र प्रहरीमा उजु’री गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।

संविधानमा राष्ट्रिय जनावर भनी सम्मान गरिएका गा’ईगोरु मा’सुका लागि का’टिने, सडकमा छा’डेर घा’इते हुने, मा’रिने घ’टना बढ्दै जाँदासमेत सरोकार भएका सरकारी निकाय मु’कदर्शक बनेको उहाँको भनाइ छ ।

अभियानले पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा करिब दुई सय अस’हाय गाईबाच्छा संरक्षण गर्दै आएको छ । स्वयंसेवी रुपमा चलेको अभियानमा दाताले जन्मदिन लगायत विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् । -रासस/ फाईलतस्वीर ।

८७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया