
काठमाडौं / नेकपा एमाले विभाजन हुनुहुँदैन भन्दै अन्तिम समयमा माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई धो’का भएको सार्वजनिक भएको छ ।
उनी माधव नेपालले नयाँ पार्टी दर्ता गर्न पुगेपछि ओलीको पक्षमा पुगेका थिए । पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने भन्दै वार्तामा गएका योगेश सहितका १० नेता आफुहरुको मा’ग पुरा भएको भन्दै एमालेमा रहने निर्णयमा पुगेका थिए ।
तर अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईमाथि ठूलो घा’त गरेका छन्। उनले योगेशलाई प्रवक्ताबाट हटाएका हुन्। माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटा’इएको हो।
एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो। त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो।
बिहिबार एमालेले दार्चुला तुईन घ’टनाबारे सार्वजनिक गरेको विज्ञप्तिमा भने प्रवक्ताको नाम योगेश भट्टराई लेखिएको छैन । उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ।
दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको देखेपछि सामाजिक सञ्जालमा त’रंग उत्पन्न भएको छ। माधव नेपाल प’क्षका नेताहरुले ओलीले धो’का दिएको प्रतिकृया दिएका छन् ।