
काठमाडौं / अमे’रिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को वि’रोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रद’र्शन भएको छ ।
शुक्रबार नि’षेधित क्षेत्रमा प्र’दर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज अभियान’ का १२ जनालाई प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगञ्जस्थित दूतावास अगाडि प्र’दर्शन गरेका थिए ।
एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् ।
उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विप’क्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।
अ’मेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दै छ । तर सो परियोजना देश हितमा नर’हेको भन्दै वि’रोध प्र’दर्शन भएको हो । ईता’जा खब’रबाट ।