आइतबार १७ मंसिर २०८०

न्यूयोर्क, भदौ १८ गते / अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा प’री एकै परिवारका तीन जना नेपा’लीको मृ’त्यु भएको छ ।

आइडा नामक आँधी र भी’षण वर्षाका कारण आएको बाढीमा परी सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महि’नाको छोरा लोप्साङ लामाले ज्या’न गु’माएका छन् । उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थि’ए ।

उनीहरु सु’तेको समयमा घरभित्र बाढी प’सेको जनाईएको छ । लामा परिवारको मृ’त्यु ल’गत्तै सुर’क्षा निकायले बिहानै उनीहरुको श’व व्यव’स्थापन गरी छा’नवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृ’तक लामाको परिवार विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आएको थि’यो ।

अमेरिकास्थित नेपाली दूताबासले भने यस विषयमा यो समाचार तयार पार्दासम्म कुनै आधिकारीक जानकारी गराएको छैन । स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपा’लीको मृ’त्यु भएको समाचार प्र’काशित गरि’सकेको छ ।

३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया