आइतबार १२ चैत्र २०७९

एजेन्सी / अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ ज’नाको ज्या’न ग’एको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

न्यु योर्क र न्यु जर्सीमा आ’पत्काल घो’षणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घट’ना भएको बताउनुभएको छ ।

न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्ट आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ । आँधीपछि आएको बाढीका कारण भूमिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्र’तिबन्ध लगाइएको छ ।

न्यु योर्क र न्यु जर्सीमा केही विमान र रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ । अमेरिका अचानक परिवर्तन भएको यस मौसमको कारण समुद्री आँधी ‘इडा’ भएको बताइएको छ ।

न्यु योर्कको एनबीसी समाचार संस्थाले न्यु जर्सीमा कम्तीमा एक जनाको ज्या’न गएको जनाएको छ । त्यस्तै न्यु योर्क सिटीमा सात जनाको ज्या’न गएको एनबीसी र एएफपीले बताएका छन् । न्यु योर्कमा केही व्यक्ति घरको तल्लो तलामा फ’सेका बताइएको छ । ई’ताजा ख’बरबाट ।

६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया