आइतबार १७ मंसिर २०८०

एजेन्सी / पछिल्लो समयमा बच्चादेखि वृद्धहरु डिजिटल प्रविधिमा रमाइरहेका छन् ।

अहिले हामीले बालबालिकासंग जे गरिरहेका छौं त्यो कुनै किसिमले पनि क्षम्य नभएको फ्रान्सका स्नायु वैज्ञानिक मिशेल डेस्म्युजे बताएका छन् । मानिसहरूले बालबा’लिकाको भविष्य खत’रामा पारिदिएको उनले बीबीसीलाई बताएका जनाईएको छ।

डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री मा डिजिटल प्रविधिलाई मू’र्ख उत्पादन गर्ने उद्योगसँग तुलना गरेका छन्।

उनले फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गरेका छन्।

उनको यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको त’र्क गरेको जनइएको छ।

कैयौं अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ।

मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउदा शारिरिक रूपले मस्तिष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ।

११७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया