आइतबार १२ चैत्र २०७९

चितवन / अख्तियार दुरु’पयोग अनुसन्धान आयोगको टोलीले भरतपुर अस्पतालको लेखा शाखामा छा’पा मा’रेको छ । विहीबार अख्तियार हेटौंडाको पाँच जनाको टोलीले छा’पा मा’रेको हो ।

जानकारी अनुसार अख्तियारले बीमा र फार्मेसीको औषधि खरिदमा अनिय’मितता भएको उ’जुरीका आधारमा छा’पा मा’रेको हो । औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोबाट औषधि किनेको भन्ने उ’जुरीका आधारमा छा’पा मा’रेको जानकारी गराइएको छ ।

अख्तियारको टोलीले लेखा शाखामा छा’पा मा’रेर कागजपत्र नियन्त्रणमा लिएको र स्टोरमा औषधिको स्टक र बिक्रीको विवरण हेरिरहेको बताइएको छ ।

बीमाको औषधि किन्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिएपनि बीमाबाट जम्मा १ वटामात्र औषधि निःशुल्क पाउने र अन्य बाहिरबाट किन्नुपर्ने सम’स्या रहेको बताइएको छ । अख्तियारमा आर्थिक वर्ष २०७३/७४ देखि अनिय’मितता हुने गरेको उ’जुरी परेको जानकारी गराइएको छ ।

८९० पटक हेरिएको

तपाईको प्रतिक्रिया