शुक्रबार २२ मंसिर २०८०

एजेन्सी / अमेरिकाले गएको छ महिनाभित्र एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फा’लेकाे छ ।

गत मार्च एकदेखि हालसम्म उक्त परिमाणमा खोप फा’लिएको अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी)ले जनाएको छ ।

चार वटा राष्ट्रिय औषधि सञ्जालको दश दश लाख डोज खोप खे’र गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको विभिन्न राज्यमा खोप आपूर्ति गर्दै आएको वालग्रिन्सको मात्रै २६ लाख खोप खे’र गएको छ ।

सीभीएसको २३ लाख डोज खोप खे’र फा’लिएको छ । वाल्मार्टले १६ लाख डोज खोपको उपयोग गर्न सकेन । राइट एडले करिब ११ लाख खोप खे’र फा’ल्नुपरेको छ ।

सम्बन्धित औषधि आपूर्तिकर्ताले नै उपलब्ध गराएको तथ्याङ्कलाई सीडीसीले एकमुष्ठ सार्वजनिक गरेको हो । तर केन्द्रले खोप फा’ल्नुको कारणबारे केही खुलाएको छैन् ।

समृद्ध राष्ट्रले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र रुपमा सञ्चालन गर्दै आएका छन् । विपन्न तथा न्यून आय भएका राष्ट्रले भने अझै खोपका लागि सम्पन्न राष्ट्रको अनुदानमा निर्भर रहँदा सम्पन्न देश अमेरिकाले एक करोड ५० लाखभन्दा बढी डोज खोप खे’र फा’लेकाे घ’टना बा’हिरिएको हो ।

५७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया