मंगलबार ०९ आश्विन २०८०

काठमाडौँ / को’रोना भा’इरसविरुद्धको खोप लगाएको २०औँ दिनमा स’ङ्क्रमित हुनुभयो लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उहाँलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले स’ङ्क्रमित भएको कुरा उहाँलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

डङ्गोल भन्नुहुन्छ, “खोप लगाएपछि ज्व’रो आउने, टा’उको दु’ख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एका’न्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उहाँकी दिदीलाई भने स’घन क’क्षमा राखेर उपचार गर्नु प¥यो । चिकित्सकहरूले को’रोनाविरुद्धको खोप नलगाएका कारण गा’ह्रो भएको अनुमान गर्नुभएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्र’म पाल्नु हुँदैन ।

उहाँ भन्नुहुन्छ, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ । औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ । यो ख’बर आ’जको गो’रखापत्र दैनि’कमा छा’पिएको छ ।

४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया