मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले माओवादी फेरि एक नम्बर पार्टी नभइ देश नबन्ने बताएका छन् ।

सोमबार सर्लाही–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीविना देशमा स्थायित्व र विकास नहुने उनले बताए ।

उनले भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन । द’लाल, जा’ली फटा’हाले मधेसको मसि’हा बनेर कसरी जनतालाई नै चु’स्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

साथै, अब मधेसमा अरु पार्टीले होइन माओवादीले क’ब्जा जमाउने पनि बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले क’ब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

यसैगरी देउवा सरकारलाई पूर्णता दिने विषयमा सोमबार पनि छलफल भएको र मंगलबार ठोस निर्णय हुने पनि उनले बताए ।

९५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया