आइतबार १७ मंसिर २०८०

काठमाडौं / अब आउने भदौ १४ गते सोमबार श्री कृष्ण जन्माष्टमी परेको छ । यस वर्षको जन्माष्टमीमा पनि केहि यस्ता योग परेका छन् जुनबेला द्वापर युगमा भगवान श्री कृष्णको जन्म भएको थियो ।

ज्योतिषी पन्त मनीष शर्माका अनुसार जब श्रीकृष्ण द्वापर युगमा जन्मेका थिए, त्यसबेला भाद्रपद महिनाको कृष्ण पक्ष, रोहिणी नक्षत्र, वृषभमा चन्द्र र बुधवारको अष्टमी थियो।

यो वर्ष तीन योगहरु बनेका छन् । भदौ महिनाको कृष्ण पक्षको अष्टमी, रोहिणी नक्षत्र र चन्द्रमा वृषभमा हुनेछन्। यस पटक यो सोमबार हुनेछ। अर्को कुरा यो हो कि स्मार्त र वैष्णव सम्प्रदायहरुमा विश्वास गर्ने मानिसहरु एकै दिन जन्माष्टमी मनाउनेछन्।

पन्त शर्माका अनुसार, जन्माष्टमीको रात रोहिणी नक्षत्र र चन्द्रमा वृषभमा उच्च हुनछ । यस पर्वमा बाल गोपालको विशेष पुजा गर्नुपर्छ। दक्षिणावर्ती शंखमा केसर मिश्रित दूध भरेर अभिषेक गर्नु पर्छ।

तुलसीसंग धुप र बत्ती बालेर आरती गर्नुहोस् । साथै, ध्यान राख्नुहोस् कि गौमाताको एक सानो मुर्ति बाल गोपाल संग राख्नु पर्छ । कुनै गाईको गोठालालाई पैसा र खाद्यान्न दान गर्नुहोस् ।

जो बच्चाहरु जन्माउछन् चाहान्छन्, उनीहरुले जन्माष्टमीमा गोपाल स्तोत्र पाठ गर्नु पर्छ। तपाइँ हरिवंश पुराण पनि पढ्न सक्नुहुन्छ। त्यहाँ जन्माष्टमी पछि अर्को दिन नन्दोत्सव मनाउने परम्परा छ। बाल गोपाललाई यस दिन अभिषेक गर्नु पर्दछ।

श्री कृष्ण पुजामा कृं कृष्णाय नम मन्त्र जप गर्नुपर्छ। तुलसीको मालाको सहायताले मन्त्र जप गर्नुपर्छ। यस दिन एक प्राचीन कृष्ण मन्दिरको दर्शनको एक विशेष महत्व छ।

कृष्ण भक्तहरु विशेष गरी मथुरा, वृन्दावन, गोकुल, गिरिराजको यात्रा गर्छन्। यमुनामा स्नान गर्नुहोस्। नुहाए पछि, बेस’हारा मानिसहरुलाई पैसा र अन्न दान गर्नुहोस्। यस दिन शिक्षा संग सम्बन्धित चीजहरु पनि बे’सहारा भएका बच्चाहरुलाई दान गर्नु पर्छ। रिपो’र्टर्स ने’पालबाट ।

९६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया