शुक्रबार २२ मंसिर २०८०

नवलपरासी / नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा गएको पहि’रोमा परेर तीन जना बेप’त्ता भएका छन् ।

अविरल वर्षाका कारण शुक्रबार पहिरो जाँदा माथिल्लो चारघरेका ५० वर्षीया धनमाया पुलामी र उनकी नातिनीहरु ७ वर्षी’या भूमिसरा पुलामी र ६ वर्षी’या देउमाया पुलामी बेप’त्ता भएका हुन् ।

आज विहान करिब २ बजे ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरि’एको हो । पहि’रोमा पुरि’एका हस्तबहादुरलाई भने सकुशल उ’द्दार गरिएको प्रहरीले जनाएको छ ।

बेप’त्ता भएका तीन जनाको खोजीका लागि जनपद र सश’स्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको बताइएको छ । न्यू’ज 24 नेपा’लबाट ।

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया