
विराटनगर / अस्पताल हिँडेको बिरामीलाई कमिनसनका लागि झूठो आश्वासन देखाएर अन्यत्र नै पुर्याउने बिचौलियालाई प्रह’रीले पक्रा’उ गरेको छ ।
बुधबार विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र कोशी अस्पताल अगाडिबाट १० जना बिचौलियालाई प्रह’रीले पक्राउ गरेको हो ।
प्रहरीले नोबेल शिक्षण अस्पताल अगाडीबाट ७ जना र कोशी अस्पताल अगाडीबाट ३ जनालाई प’क्राउ गरेको मोरङ प्रह’रीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनि कियर फार्मेसीका रोशन गुप्ता, दाजुभाई फार्मेसीका अमित यादव, क्वाटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । उनीहरुलाई नोबेल शिक्षण अस्पतालको अगाडिबाट प’क्राउ गरिएको छ ।
कोशी अस्पताल अगाडीबाट श्रीराम चौधरी, सूर्यनारायण यादव र मो.जलीद रहेको प्रहरीले जनाएको छ । यस अघि पनि विराटनगरबाट २ जना विचौलियालाई प’क्राउ गरिएको थियो ।
प’क्राउ परेकाहरुले अस्पतालमा आएका बिरामी र उनीहरुका आफन्तहरुलाई अस्पतालमा राम्रो सेवा छैन, कोरोना फैलिएको छ भन्दै कमिसनका खाने लो’भले अन्यन्त्र लैजाने गर्दै आएका थिए ।
प्रायः ठूला अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई उनीहरुले कमिसन खान बीचमै विभिन्न आश्वासन देखाएर अन्य अस्पताल, क्लिनिकहरुमा लैजाने औषधी पसलमा ज’बर्जस्ती औषधी किन्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।
उनीहरुले अस्पताल अगाडी बसेर बिरामी ता’नातान गर्ने गरेको उजुरी परेको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले प’क्राउ गरेको हो । प’क्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद थप गरिएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । – तारा आचार्य / न्यु’ज 24 नेपा’लबाट ।