शनिबार ३० आश्विन २०७८

काठमाडौं, भदौ ९ गते / नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा रोचक दृश्य देखियो । पत्रकार सम्मेलनको मञ्चमा नेताहरुको सिट व्यवस्थापनमा केपी शर्मा ओलीको नजिक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेका नेताहरु बसेका थिए ।

उपाध्यक्षहरु भीम रावल र युवराज ज्ञवाली ओली नजिक बसेका थिए । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सोफामा पहिलो हारमा बसेका थिए । तर, पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादललाई अघिल्लो हारमा राखेपनि मेचमा राखिएको थियो ।

बादल ओलीभन्दा निकै टाढा छेउतिर राखिएका थिए । उनको नजिक भीम आचार्य बसेका थिए । एमालेमा माधव नेपाल छाड्नेले स्थान पाउँदा बादल भने छेउ लगाइएका छन् ।

बादल मात्र नभएर पूर्वमाओवादीका नेताहरु पनि छेउ लगाइएका छन् । स्थायी कमिटीमा राखिएका पूर्वमाओवादी नेताहरु मञ्चमै देखिएनन् । रिपो’र्टर्स नेपा’लबाट ।

१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया