शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै सल्लाहबमोजिम अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।

मंगलबार चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नै सल्लाहबमोजिम शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका हुन्।

उनले सञ्चारकर्मीलाई भने, ‘उहाँ मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ ।’

निर्वाचन आयोगमा नेपाल समूहले नयाँ पार्टी दर्ता गरेसँगै सनाखतका लागि नेपाल समूहका नेताहरु रिसोर्टमा सोमबार साँझदेखि भेला भएर छलफलमा जुटिसकेका छन् । नेपाल समूहकी शाक्य हाल बागमती प्रदेशको मुख्यमन्त्री छिन् ।

नेकपा एमालेबाट छुट्टिएर नेपाल समूहले नयाँ पार्टी दर्ता गर्दा मुख्यमन्त्री बनेकी शाक्यले अब एउटा बाटो राज्नुपर्ने हुन्छ । एमाले वा नेपाल समूहको नयाँ पार्टी शाक्यले रोज्नुपर्ने हुन्छ ।

मंगलबार नेपालले पार्टी दर्ता भएको २१ दिनसम्म पार्टी रोज्नुपर्ने पनि बताएका छन् । उनले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’

पत्रकार सम्मेलनमा आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बाध्यता पनि नेपालले सुनाएका छन् । साथै, एमाले विभाजन हुनुमा मुख्य जिम्मेववारी अध्यक्ष केपी शर्मा ओली नै रहेको पनि उनले बताए ।

पार्टी सनाखतका लागि मंगलबारदेखि चन्द्रागिरी रिसोर्टमा बस्दै आएका नेपाल समूहका नेताहरु बुधबार बिहानसम्म बस्नेछन् । बुधबार निर्वाचन आयोगले नेपाल समूहको नयाँ पार्टी दर्ताका लागि स’नाखत गर्न डा’केको छ ।

१११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया