सोमबार २० मंसिर २०७८

काठमाडौं/ काठमाडौंको बागबजारबाट वैदेशिक रोजगार ठ’गी मु’द्दामा फ’रार म्यानपावर सञ्चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

प्रहरीले निय’न्त्रणमा लिएका उनी नवलपरासी देवचुली नगरपालिका १३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले प’क्राउ गरेको जनाइएको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कै’द र २५ हजार रुपैयाँ जरि’वाना तोकेपछि फ’रार रहेका पौडेललाई निय’न्त्रणमा लिएको बताइएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पौडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलो’भन देखाएर पी’डितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठ’गी गरेका छन्।

नियन्त्रणमा लिएका उनलाई जिल्ला अदा’लतमा पेश गरिएको छ ।

६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया