
काठमाडौ / नेपाललाई हिन्दुराष्ट्र कायम गर्न मा’ग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको पनि जानकारी दिएको हो ।
सशस्त्र प्रहरीका पूर्व एआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएकोे बताए ।
उनले प्रधानमन्त्रीले आफूहरुको मा’गको सम्बोधन नगरे जनतासामु जाने स्पष्ट पारे । श्रेष्ठले भने,‘देशमा सनातन हिन्दुराष्ट्र कायम गरिदेउ गोली र बा’रुद होइन भनेका छौ ।’
श्रेष्ठले बन्दु’क बोकेर नभई आ’दर्श बोकेर अगाडि बढ्न लागेको जि’किर गरे । अरु राजनीतिक पार्टीले जस्तो वि’ध्वंश नगरी शान्तिपूर्वक राष्ट्रहितको लागि आफूहरु अगाडि बढेको बताए । उनले सिमामा रक्षा गर्ने सिपाहीको क्षमता कम नजरअन्दाज गर्न नहुने त’र्क गरे ।
उनले भने,‘राज्यको व्यवस्थालाई छा’तिमा झु्न्डा’एर सुरक्षा दिने र देशको रक्षा गर्ने सुरक्षाकर्मी हुन् । हामीले पार्टी खोलेर दर्ता गरेर विदेशीको भत्ता खाएर पार्टी खोेलेका छैनौं । हाम्रो मा’ग नीतिगत हो ।’
कार्यक्रममा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको उपाध्यक्ष पुष्पाखर गौतमले स्वागत गर्दै सुरक्षाकर्मीहरुको पुर्व सुरक्षाकर्मीहरुका हकहितमा काम गरिरहेको बताए ।
उनले सरकारलाई मा’ग पुरा गर्न झक्झकाउन सबैलाई आग्रह समेत गरे । उनले राष्ट्रिय हितबिपरित केही कार्य नगर्न आफुहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको सुनाए ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय अध्यक्ष केवी राउतले पुर्व सुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्रीसमक्ष राखिएको मागबारे जानकारी दिए । उनले प्रधानमन्त्रीसमक्ष पेश गरेका १९ बुँदे मा’गहरु पढेर सुनाएका थिए ।
राउतले आफुहरु कुनैपनि पार्टीको समर्थनबिना अगाडि बढिरहेको बताए । उनले आफूहरु चि’तामा नपुगेसम्म सुरक्षाकर्मी भएको भन्दै मा’ग सुनुवाई हुनेमा आशावादी रहेको बताए । अहिले गरिरहेका कामहरु फेरी पछि पत्रकारमाझ सार्वजनिक गर्ने बताए ।
कार्यक्रममा बोल्दै द्ध’न्द्ध पी’डित तथा एकल महिलाको तर्फबाट प्रतिनिधित्व गर्दै हिरामणी अधिकारीले आफुहरु पुर्व सुरक्षा परिषद्मा पनि फरक क्षमता भएको मध्येमा पर्ने बताए ।
उनले भने,‘राज्य सत्ताले खटाएको स्थानमा जाँदा घा’इते भएका हौं । हामी पी’डक होईनौं, पी’डित हो । हामीले ल’डेर शेरबहादुर देउवा प्रधानमन्त्री हुन पाएका छन् ।’ उनले द्ध’न्द्ध पी’डितलाई आवासको व्यवस्था गर्न पनि सरकारसमक्ष मा’ग गरे ।
नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार ईन्द्रबहादुर दाहालले द्व’न्द्वमा घा’इते भएका सुरक्षाकर्मीहरुको अवस्था अहिले पनि त्यस्तै भएको बताए । पी’डित पूर्व सुरक्षाकर्मीहरुको हकहितको लागि आज ज्ञापनपत्र बुझाएको बताए ।
प्रधानमन्त्रीसमक्ष एमसीसीलाई तत्काल कार्यान्वयन नगर्न पनि आफूहरुले आग्रह गरेको उनले बताए । अहिलेका सुरक्षाकर्मीहरुलाई आफूहरुजस्तो बेवा’रिशे अवस्थामा नपुग्नलाई अहिलेदेखिनै सोच्न आग्रह गरे ।
पूर्व डिआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार सुर्यप्रसाद उपाध्यायले ३० वर्ष नेपाल प्रहरीमा बिताएको स्मरण गराउँदै प्रहरी संगठित भनिएको भनिएपनि वास्तवमा संगठित भएको नपाइएको गु’नासो पोखे ।
उनले पूर्व प्र’हरीको ३ वटा संगठन भएपनि सबै राजनीतिमा लिप्त भएकोले आफू पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा लागेको बताए । उनले ८ प्रतिशत प्रहरी अनुसन्धानमा खटिएको भन्दै अरु सबै गृह मन्त्रालयको ‘ल एण्ड अर्डर’ मा हिँडेको बताए ।
अनुसन्धान राम्रो गरेमात्र देशले न्या’य पाउने उनको भनाई थियो । नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरु धेरै हेपि’एको र चे’पिएको पनि उनको भनाई थियो ।
प्रहरी सेवामा कर्मचारीहरुको पछिल्लो समयमा झन् सेवा/सुविधाहरु हट्दै गएको पनि बताए । उनले पेन्सनबाट बञ्चित बनाउने कार्य अगाडि बढाएकोमा चि’न्ता व्यक्त गरे ।
नेपाली सेनाका पूर्वसहायक रथी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. प्रेमसिंह बस्न्यातले पत्रकार देशको भविष्य भएको उल्लेख गरे । देशमा व्याप्त भ्र’ष्टाचारको सबै मिलेर अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।
आफूहरुले परिषद्मा सबै सुरक्षा समूहरुलाई समेटेको पनि उनले स्पष्ट पारे । उनले आफुहरुलाई राष्ट्रपतिलाई भेट्न छेकबार लगाईएको गु’नासो पोखे । उनले भने,‘हामी सबैको भगिनी संस्था हो ।’ बहालवालाहरुले तलब,भत्ता मा’गेको भए सहकर्मीहरु इरान र अफगानिस्तानमा नम’र्ने उनको भनाई थियो । उनले बन्दु’क र गो’लीसँग खेल्नु चानचुने कुरा नभएको भन्दै हिजोका आ’पराधिक गतिविधि गर्नेहरु आज देशमा मन्त्री भएको पनि आ’रोप लगाए ।
सि’पाही बन्न धेरैपटक परीक्षा दिनुपर्ने भन्दै नेताहरु कुन परीक्षा पास गरेर योग्य भए त भन्दै उनले प्रश्न गरे । उनले भने,‘अहिलेका प्रधानमन्त्री देउवा, प्रचण्ड, बाबुरामको टा’उकोको मु’ल्य तोकेर तपाईँले नेताहरुको टा’उको का’टेर ल्याउन भन्ने, अनि अहिले हामीलाई पी’डक बनाउने ?’
एमसीसी कुनै हालतमा पारित गर्न नहुने उनको भनाई छ । बस्न्यातले भने,‘नेपालमा एमसीसी ल्याइयो भने नेताहरुलाई का’लो मो’सो लगाएर सडकमा ल्याउनुपर्छ ।’ सबै धर्मलाई सम्मान गर्ने बताउँदै उनले धर्मजस्तो पवित्र संस्थाले राजनीति गर्न नहुने धारणा राखे ।
उनले स्थानिय तहदेखि राष्ट्रियसभा समेतमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी न्युनतम १० प्रतिशत पुर्व सुरक्षाकर्मीहरुलाई नियुक्ति गर्नुपर्ने पुर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रिय सदस्य हेमशंकर गिरीले बताए ।
उनले द्व’न्द्वको समयमा वी’रगति प्राप्त तथा अ’शक्त पी’डित सुरक्षाकर्मीहरुलाई पी’डक क’रार गरिएकोमा त्यो नगरी पी’डित करार गरिनुपर्ने प्रधानमन्त्रीसमक्ष मा’ग राखेको जानकारी दिए । पुर्णचन्द्र थापाले १६ वर्षमा पेन्सन दिने कार्यलाई आँखामा छा’रो हालेको उनको भनाई थियो ।
भारतीय सुरक्षा निकायमा कार्यरत निबृत्त सुरक्षाकर्मी तथा तीनका आश्रित परिवारको नाम, थर, वतन, बहुविवाह आदि विविध पक्षमा भए/गरेका अवरोध, वाधा, व्यवधानको समस्या समाधान गर्न नेपालले भारत सरकारसँग कुटनीतिक तवरबाट समाधान गर्न, नेपालमा अमे’रिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरिएमा मुलुक ठुलो बिद्रो’हको आँ’धीबेहरीमा फस्न’सक्ने भएकोले हतारमा कार्यान्वयन नगर्न आग्रह पनि गरेका छन् ।
लोकसेवा आयोगबाट सुरक्षा निकायहरु लगायत राज्यका हरेक निकायहरुको कर्मचारीहरु नियुक्त गर्दा सुरक्षाकर्मीहरुको आश्रित परिवारहरुलाई १० प्रतिशत आरक्षण कोटा व्यवस्था गरिनुपर्ने, १६ वर्षमा नै निवृत्तिभरण लिएमा सोही मितिबाट पेन्सन पाउने व्यवस्था गरिनुपर्ने, सुरक्षाकर्मीको आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्नुपर्ने उनीहरूको मा’ग रहेको छ ।
साथै पायक पर्ने स्थान विशेषमा भएका अन्य बैंकहरुबाट समेत निवृत्वभरण रकम भुक्तानी गर्नै वैकल्पिक व्यवस्था हुनुपर्ने, पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रिय एकता दिवस राष्ट्रिय रुपमा मनाउने व्यवस्था गरिनुपर्ने र बैदिक सनातन धर्मसापेक्ष राष्ट्र हुनुका साथै सबै धर्मको सम्मान गर्दै हिन्दुराष्ट्र कायम गर्न मा’ग गरेका छन् ।