मंगलबार १६ आश्विन २०८०

काठमाडौं / नेपाली राजनीतिमा कटवालकाण्ड चर्चित छ । यसलाई प्रधानसेनापति प्रकरण पनि भनिन्छ । २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिको नियुक्तिपत्र नै दिएका थिए ।

तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले निर्णय रोकेका कारण सेनापति कटवाल पदमै रहे । यो प्रकरणपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रधानसेनापतिलाई हटाउन खोज्ने कदमलाई प्रचण्डले पछि ग’ल्ती भने । उनले राजनीतिक रुपमा निकै ठूलो ध’क्का खान पुगे । यो घटनापछि कटुवाल प्रचण्ड र माओवादीप्रति निकै अ’नुदार बने । उनले सेवानिवृत्त भएपछि पनि माओवादी र प्रच’ण्डविरुद्ध आफूलाई उभ्याइरहे ।

अहिले उनै रुक्माङ्गत कटवाल हिन्दुराष्ट्र अभियानको शंखघोष गर्न पुगेका छन् । उनले ३ भदौमा हिन्दु धर्मगुरु र संस्थाहरुलाई सा’क्षी राखेर संयोजकका रुपमा हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको शंखघोष गरेका छन् ।

कटवाल हिन्दुराष्ट्र अभियानमा लाग्नु अर्थपूर्ण छ । पूर्वप्रधानसेनापति कटवाल नि’डर परिचय बनाएका हुन् । त्यसमाथि उनलाई माओवादीको कटु आलोचक मानिन्छ । प्रचण्डलाई उनले मुख्य प्र’तिद्वन्द्वी देख्दै आएका छन् ।

नेपालमा एकात्मक राजनीतिक प्रणालीबाट संघीय राज्य प्रणालीको स्थापनामा प्रचण्ड मुख्य हुन् । राजसंस्था हटाएर गणतन्त्र स्थापना गर्न उनकै मुख्य योगदान छ । हिन्दुराष्ट्र हटाएर संविधानमा धर्मनीरपेक्ष राख्न उनैले प्रमुख भूमिका खेलेका थिए ।

त्यसैले हिन्दुराष्ट्र पक्षधरको सक्रियता बढ्दा उनले धर्मनीरपेक्षता जोगाउनुपर्ने खुलेरै बोलेका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि धर्मनीरपेक्षताका प’क्षमा खुलेर बोलेका छन् । शिर्ष नेताहरुमा शेरबहादुर देउवा, केपी शर्मा ओली, महन्थ ठाकुरले धर्मनीरपेक्षताको प’क्ष वा वि’पक्षमा खुलेर बोलेका छैनन् ।

शिर्ष नेतामा प्रचण्डले मात्र धर्मनीरपेक्षताको रक्षाका लागि बोल्दै आएका छन् । यता हिन्दुराष्ट्रका पक्षधरहरु विस्तारै सक्रिय भइरहेका छन् । यसले अब प्रचण्डको मुख्य चु’नौती हिन्दुराष्ट्रका पक्षधर हुने देखिएको छ । हिन्दुराष्ट्र अभियानका संयोजक बनेर प्रस्तुत भएका कटवाल नै यो मु’द्दामा मुख्य चु’नौती बन्न सक्छन् ।

राजनीतिक वृत्तमा अहिले कटवाल नै किन हिन्दुराष्ट्र अभियानमा अघि सरे भन्ने विश्लेषण भइरहेको छ । विगतमा पनि प्रचण्डलाई ध’क्का दिन सकेकोले उनैलाई हिन्दुराष्ट्रका अभियन्ताहरुले विश्वास गरेको देखिन्छ ।

हिन्दुराष्ट्रको विपक्षमा खुलेर प्रस्तुत हुनेमा प्रचण्ड र बाबुराम भट्टराई मुख्य हुने निश्चित छ । अन्य दलका शिर्ष नेताहरु पछि मात्र खुल्ने वा खुल्दै नखुल्ने लाइनमा छन् । उनीहरुलाई खुल्न वा’ध्य पार्न अभियान नै सारिएको देखिन्छ ।

नेपाली राजनीतिमा धर्मको मु’द्दा जोडतोडले उठिरहँदा यसलाई बेवा’स्ता गर्न नसकिनेमा धर्मनीरपेक्षताका पक्षधरहरु पनि देखिएका छन् । यसले अब धर्मको मु’द्दाले टक’राव हुने निश्चितप्रायः छ ।

कटवाल यसका लागि अभियानका संयोजक बनेका छन् । यो मु’द्दामा प्रचण्ड र कटवाल फेरि आमनेसामने हुने देखिदैछ । प्रचण्डका लागि कटवाल फेरि पनि चुनौ’ती बनेर आएका छन् । रिपो’र्टर्स नेपा’लबाट ।

१०५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया