आइतबार ३१ आश्विन २०७८

काठमाडौं / नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले आफू माधव नेपालले निर्वाचन आयोगमा द’र्ता गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने घो’षणा गरेका छन् । आईतबार रा’ति ७ः५० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा उनले भनेका छन्,‘केपी ओलीको जा’लझेल, ष’ड्यन्त्र, द’म्भ र अह’मताको कारणले नेकपा (एमाले) फु’ट्यो, अब म केपी ओलीको नेतृत्वको एमालेमा रहन सक्दिन । उहाँले कम्युनिष्ट आ’न्दोलनलाई ब’चाउन सक्नुहुन्न ।’ उनले आफू माधव नेपालको पार्टीमा जाने तयारी भैसकेको र निर्वाचन आयोगले दल द’र्ताको लागि स’नाखत गर्नेबित्तिकै आफू त्यस पार्टीमा प्रवेश गर्ने पनि जनाए ।

उनले भनेका छन्,‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले स’नाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छो’डेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’

माधव नेपालको पार्टीमा गएपनि आफू सरकारमा भने नजाने दा’बी गरे । उनले भनेका छन्,‘म कुनैपनि हालतमा मन्त्री बन्दिन । शेरबहादुर देउवाको नेतृत्वमा रहेको अहिलेको सरकारमा म उपप्रधानमन्त्री र मन्त्री बन्दैछु भनेर समाचार आएका छन्, यसमा कुनै सत्यता छैन । म कुनैपनि हालतमा मन्त्री बन्दिन ।’

उनले माधव नेपालको पार्टीमा प्रवेश गरेपछि आफूले पार्टी एकताको लागि जिम्मेवारी लिने पनि जानकारी दिएका छन् । उनले भनेका छन्,‘हामी आउने चुनावमा एमाले र माओवादीसँग चुनावी गठबन्धन गर्छौं ।’ उनले नेकपा (माओवादी केन्द्र) सँग एकता हुनै नसक्ने ठो’कुवा गरे । उनले भने,‘हामी प्रचण्डजीको पार्टीसँग गठबन्धनसम्म गर्छौं, एकीकरण गर्दैनौं ।’ गौतमले आगामी निर्वाचनमा केपी ओली, प्रचण्ड र माधव नेपालबीच चुनावी कार्यगत एकता हुने बताए ।

आफू राष्ट्रपति विद्यादेवी भण्डारीलाई म’हाभियोग लगाउने प’क्षमा नभएको पनि गौतमको भनाई छ । उनले भने,‘केपी ओलीसँग मिलेर विद्याजीलाई राष्ट्रपति बनाउने कुरामा मेरो पनि भूमिका थियो, तर त्यो मेरो ग’ल्ती थियो । अब राष्ट्रपतिमाथि म’हाभियोग लगाएर अर्को ग’ल्ती म गर्न चाहँदिन ।’

उनले केपी ओलीको सरकारको कार्यकालमा राष्ट्रपति भण्डारीले सही भूमिका निर्वाह गर्न नसकेको कुरा यथार्थ र सत्य भएको सुनाए । उनले भने,‘अहिले शेरबहादुर देउवाको सरकार आउँदा उहाँको भूमिका सन्तोषजनक छ, राजनीतिक दल विभा’जनसम्बन्धी अ’ध्यादेश जारी गर्दा पनि उहाँले अध्ययन र प्रक्रियामा गएर मात्रै जा’री गर्नुभयो । जबकी केपी ओलीको पालामा भने उहाँले तुरुन्तै जा’री गर्नुभएको थियो । तरपनि म राष्ट्रपतिमाथि म’हाअभियोग लगाउने पक्षमा छैन ।’ रिपो’र्टर्स ने’पालबाट ।’ हे’र्नुहोस् पूरा भिडियो :-

२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया