शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / नेकपा एमाले छा’डेर छुट्टै पार्टी द’र्ता गर्दा माधव नेपाललाई साथ नदिएका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बेलुकीसम्म आफूहरुको मा’ग पूरा गर्न २४ घण्टे ‘अल्टि,मेटम’ दिएका छन् ।

आइतबार बसेको नेताहरुको बैठकले पार्टी एकता गर्न अध्यक्ष ओलीलाई १० बुँदेलगायतका मा’गहरु पूरा गर्न २४ घन्टे समय निर्धारण गरेको हो । यदि उक्त समयभित्र आफूहरुको मा’ग पूरा नभए एमाले प’रित्याग गर्ने नेताहरुले बैठकमा छलफल गरेका छन् ।

बैठकपछि अध्यक्ष ओलीलाई आफूहरुका मा’ग पूरा गर्न जानकारी दिइसकिएको पनि जनाइएको छ । माधव नेपालको साथ छाडेकामध्ये ८ जना स्थायी कमिटी सदस्य र केही केन्द्रीय कमिटी सदस्यहरु बैठकमा सहभागी रहेका थिए ।

बैठकअघि उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको ब्रिफिङ गरेका थिए । साथै, केही दिनअघि घनश्याम भुसालले पार्टी एकता अध्यक्ष ओलीकै कारण भा’डिएको र एकता नभएको खण्डमा ठूलो विद्रो’ह हुने पनि ठा’डो चुनौ’ती दिएका छन् । – न्यु’ज 24 नेपाल’बाट ।

३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया