
पोखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारी’रिक ह’मला नै भयो र ज्या’न तलमाथि भयो भने पनि अनौँठो नमान्न भन्नुभएको छ ।
सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि ह’मला हुनसक्ने बताउदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारी’रिक ह’मला नै भयो र ज्या’न तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’
आफू नर’हे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । ‘म रहिँ’न भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’