
काठमाडौं / एमालेका नेता प्रदीप नेपालले आफू पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मान्छे भएको बताउनुभएको छ ।
माधव नेपालले हिजो (बुधबार) नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गर्दा समेत आफू कुनै पनि समूहमा नरहेको बताउनुभएको थियो ।
बिहीबार नेता नेपालले आफू माधवकुमार नेपाले मान्छे भएको स्पष्ट पार्नुभएको हो । सामाजिक सञ्जालमा लेख्दै नेपालले आफू माधव नेपालको मान्छे भएको बताउनुभएको हो ।
उहाँले नेता नेपालको मान्छे भएको बताए पनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन, छ वर्षदेखि म कमिटी बिहिन, अबस्थामा छु ।’ – न्यु’ज 24 नेपा’लबाट ।