सोमबार १३ चैत्र २०७९

काठमाडौं / आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाज’वादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाज’वादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाज’वादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मा’र्क्सवाद र समा’जवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।

अन्तर्क्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड हुनुहुन्छ भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहनुभएको छ । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ । न्यु’ज 24 नेपा’लबाट ।

६६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया