
काठमाडौं / अमेरिकाको विसकन्सिन राज्यमा मृ’त्युवरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको श’व गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार नेपाल ल्याउन लागिएको छ ।
नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी सहित विसकन्सिन बासी नेपालीहरूले मङ्गलवार स्व’र्गीय कुँवरलाई श्र’द्धाञ्जली दिएका थि’ए ।
श’व सुरक्षित ढङ्गले नेपाल पठाउन भ्याली फ्युनेरल होम एप्पलटोनले आवश्यक व्यवस्था गरिसकेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष सुवेदीलाई जानकारी गराएको छ । सृजनको श’व बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त रहेको छ ।
एभिन्यु फोन्डल्याक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अ’चानक मु’र्छित भएपछि उपचारका लागि प्र’हरी र ए’म्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्याएको थियो । सो अस्पतालले बिरामीको थप परीक्षण र उपचारका लागि यूडब्लु म्याडेसन अस्पताल पठाएको थियो ।
त्यहाँ पनि कुँवरको उप’चार सम्भव भएन । अस्पतालले सृजन कुँवरलाई मृ’त घो’षणा गरेको थि’यो । काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारीका कुँवर मे १० तारिख २०१९ मा अमेरिका गएका थिए ।
डी भी लोटरीको माध्यमबाट दुई वर्ष अघि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै क’लिलो उमेर’मा असा’मयिक निध’न भएको हो ।
अहिले स्व’र्गीय कुँवरको श’व अस्प’तालमा नै रहेको छ । स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवरले छोराको श’व नेपाल पठाइदिन एनआरएनए अमेरिका विसकन्सिन च्याप्टरलाई सहयोगको अनुरोध गरेको जनाइएको छ । ईताजा ख’बरबाट ।