बिहिबार ११ आश्विन २०८०

काठमाडौं/   बजार अनुगमनको काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबमोजिम हुने भन्ने फैलिएको समाचारप्रति वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) कुमारप्रसाद दाहालले आफूलाई असफल पार्न खोजिएको बताएका छन्।

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्रालयले अनुगमनको काम गर्न लागेको भन्ने हावादारी हल्ला फिजाइएसँगै आफूलाई असफल पार्न खोजिएको उनले बताए ।

‘कस्ले के कामका लागि यस्तो हल्ला फिँजाएको हो । को रहेछ बाठो भएर लेख्ने?, सोध्नु छैन । मलाई यसबारमा एकपटक सोध्नुपर्छ नि,’ उनले, ‘होइन मैले गरिरहेको कामलाई असफल पार्न खोजिएको हो कि क्या हो ?’

२०७६ माघ २३ गते विभागमा बहाली भए यता वैदेशिक क्षेत्रको सुधारका लागि उनी तल्लिनरत छन् । यहीँ बेला मन्त्रालयले आफू अनुकूल म्यानपावरमा अनुगमन तथा छापा मार्नू भनिएको आदेश सत्य नभएर झूठा भएको भन्दै आफूलाई असफल पार्न खोजिएको उनको भनाई छ ।

बजार अनुगमन, म्यानपावर संस्थाको लाइसेन्स वितरण र निलम्बन, नवीकरण, शाखा कार्यालय सञ्चालन लगायतका सबै जिम्मेवारी विभागसँग छ । तर, पछिल्लो समय विभागले धमाधम बजारमा गैरकानुनी ढंगले सञ्चालन भएका संस्थागत शाखा र व्यक्तिगत ठगीतर्फ धन्दालाई ठीक ठाउँमा ल्याउँदै गर्दा एक्कासी मन्त्री गौरीशंकर चौधरीले विभागलाई आफूअनुकूल बनाउन खोजेको हल्ला छ ।

यद्यपि, मन्त्रालयले आफूअनुकूल विभागलाई अनुगमनमा पठाउने र सकभर अनुगम नै बन्द गर्ने विषयमा महानिर्देशक दाहालले रोष प्रकट गरेका छन् । उनका अनुसार कसैले प्रचारबाजीका लागि यस्तो काम गरेको हो ।

मन्त्री र डिजीको विवाद

कोरोना कहरकै समयमा गैरकानुनी ढंगले गोप्य रुपमा धमाधम कतार प्रहरीमा पठाइदिने अन्तर्वार्ता लिने एसओएस म्यानपावरमा छापासँगै ६ महिनाका लागि निलम्बन गरेका थिए, डिजी दाहालले । त्यतिबेला श्रममन्त्री रामेश्वरराय यादव थिए । पछि उनको ठाउँमा गौरीशंकर चौधरी आए ।

मन्त्री चौधरीले मन्त्रालयको पदभार सम्हाल्नुअघि म्यानपावर व्यवसायलाई कडाई गरेर वैदेशिक क्षेत्र सुधार गर्ने बताएका थिए । तर, उनको आगमनले वैदेशिक विकृति झन् मात्र मौलाएन निलम्बन भएको एसओएस म्यानपावरको सबै कानुनी प्रावधान खुला गरेर विवादित बन्न पुगे ।

एसओएस म्यानपावर त्यहीँ इजाजतप्राप्त संस्था हो जसका सञ्चालक हेमबहादुर गुरुङ हुन् । कतार भिसा सेन्टर (क्युभिसी) का अध्यक्षसमेत रहेका उनीमाथि क्युभिसी सन्दर्भमा विभिन्न आरोपहरु लाग्दै आएका छन् । तर, उनी त्यो स्विकार्न मान्दैनन् ।

अनुगमन जारी छ– सूचना अधिकारी न्यौपाने

मन्त्रालयले विभागलाई अनुगमनमा कुनै बाधान नपुर्याएको विभागका सूचना अधिकारी टिकामणि न्यौपानेले बताएका छन् । उनका अनुसार बाहिर आएको यो हल्ला समाचार हो र अनुगमन जारी छ, कुनै पनि अवस्थामा रोकिने छैन ।

हाल उपत्यकाबाहिर अनुगमन अधिकृत कुशल बरालको नेतृत्वमा टोलीले म्यानपावर कम्पनीमा अनुगमन गरिरहेको सूचना अधिकारी न्यौपानेले बताएका छन् । उनका अनुसार पोखराबाट बुटवलतर्फ टोली पुगेको छ । अब केही दिनमै अनुगमनको रिपोर्ट ल्याएपछि कारबाहीलगायतका प्रक्रियाहरु अघि बढाइने उनले बताए ।

विभागले हिजो बानेश्वस्थित स्काई नामको कन्लसल्टेन्सीमा अनुगमनका साथै कानुनविपरीत विदेश पठाउन तयारी पारिएको आधा दर्जन बढी राहदानी बरामद गरेको छ । उक्त कन्सल्टेन्सीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी न्यौपाने बताए ।

मन्त्रालयले आफ्नो अनुकूलमात्र अनुगमन र छापा मार्न लगाउन लागेको हो भन्ने प्रश्न सोध्न मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेलाई पटक पटक फोन सम्पर्क गर्दा पनि उठेन । यहीँ प्रश्न सूचना अधिकारी चन्द्रकला ओलीलाई सोध्दा उनी रिसाईन् ।

‘तपाईले मलाई यस्तो प्रश्न सोध्न मिल्दैन । मैले यो विषयमा केही भन्न मिल्दैन । कि प्रवक्ता कि विभागको सूचना अधिकारी फोन गर्नुस् ।’ प्रश्न नसुन्दै रिसाउदै उनले भनिन्, ‘कानुनले काम कानुनले गर्छ हामीले गर्ने होइनन् ।’

केचाहिँ गरे डिजीले?–महासचिव श्रेष्ठ

विभागले अनुगमन र छापा मार्ने काम निरन्तर गरे पछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आपत्ति जनाउदै आइरहेको छ । विभागका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार दाहाल डिजी भएर आइसकेको एक वर्ष बितिसक्दा गरिनुपर्ने निर्णय र उठाउनुपर्ने फायलको कार्यान्वयन नगर्ने, केवल मन्त्रालयतिरै देखाउने गरिएको छ ।

विभागले गर्दै आएको अनुगमन र छापा सन्दर्भमा संघले कुनै आपत्ति नजनाएर केवल गर्नुपर्ने कामहरु नगरेर नचााहिँदो उपद्रो कामहरु गरेको आरोप महासचिव श्रेष्ठले लगाएका छन् । उनले भने, ‘होइन एक वर्ष भयो विभागमा आउनुभएको । व्यवसायीका समस्या समाधानका पहल केही नगर्ने, शाखा कार्याल खोल्न दुई वर्षअघि नै अनुमति दिइए पनि फायल मन्त्रालयबाट विभाग र विभागबाट मन्त्रालय पठाउने, के हो यो ?’

शाखा कार्यालय खोल्नेलगायतका सबै कामहरु फत्ते गर्न ९९ दशमलब ९९ प्रतिशत अधिकार रहेपनि जिम्मेवारीबाट पन्छिएको महासचिव श्रेष्ठको आरोप छ । (news24 nepal बाट)

११८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया