बुधबार २२ मंसिर २०७८

काठमाडौं / अमेरिका पठाइदिन्छु भन्दै रकम ठ’गी गरेको अभियोगमा प्रह’रीले एक जनालाई प’क्राउ गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौंको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमबार झापाको अर्जुनधारा नगरपालिका–२ शान्ति चोकबाट जिल्ला प्रह’री कार्यालय झापाको सहयोगमा पक्रा’उ गरेको महानगरीय अ’पराध महाशाखाले जनाएको छ ।

उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङ्थुमका ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाइदिने र कोकाकोला कम्पनीमा मासिक तीन लाख कमाइ हुने जागिर लगाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठ’गी गरेको अ’भियोग छ ।

पक्रा’उ परेका कार्कीलाई थप अनु’सन्धान तथा कार’बाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका सूचना अधिकृत एवं प्रह’री उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयाे । – न्यू’ज 24 नेपा’लबाट ।

३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया