
एजेन्सी । अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चार ओटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको काबुलस्थित रुसको राजदूतावासले दा’वी गरेको छ ।
आइतबार वा’र्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले देश छा’डेर भा’गेका थिए । त्यसपछि ता’लिबानले राष्ट्रपति कार्यालयमा क’ब्जा गरेको थियो ।
रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए । उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छा’डेर गए ।’ पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् ।
यसअघि ता’लिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भे’टेको दा’बी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दा’बी छ । तर, यसको पुष्टि हुन भने बाँकी छ । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दा’बी गरेको छ ।
आफ्ना निकटस्थहरूसँग भा’गेका राष्ट्रिपति घानी र उपराष्ट्रपति सालेह कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दा’बी गरेका छन् ।