मंगलबार ०२ कार्तिक २०७८

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले कुलमान घिसिङलाई नियुक्त गरिसकेको छ । यस अघि कार्यकारी निर्देशक रहेका हितेन्द्र देव शाक्यलाई उर्जामा लगिएको छ ।

तर आफुलाई दिएको जिम्मेवारी चित्त नबुझाएका हितेन्द्र स’र्वोच्च अ’दालत पुगेका छन् । उनले सोमवार नेपाल विद्युत प्राधिकरणमै पुनर्बहालीका लागि सर्वो’च्चमा रि’ट दिएका छन् ।

उनलाई सरकारले ऊर्जा आयोगमा लैजाने निर्णय गरेको छ । रिट निवेदनमा शाक्यले ४ वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएका कारण आफ्नो पुरा कार्यकालका लागि पुनर्बहाली गर्नुपर्ने त’र्क राखेका छन् ।

हितेन्द्रको कार्यकाल करिब ३ वर्ष बाँकी थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार शाक्यलाई खाइ पाइ आएको सुविधा नघट्ने गरी उर्जा आयोगमा लगिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले कुलमान घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिएको हो । घिसिङले पद सम्हालिसकेका छन् ।

रि’टमा शाक्यले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री, ऊर्जा सचिव, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र कुलमान घिसिङलाई विप’क्षी बनाएका छन् ।

४६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया