शुक्रबार २२ मंसिर २०८०

उर्लाबारी (मोरङ)/ मोरङको उर्लाबारी घ’टनामा संलग्न मानिएका थप एक जना प’क्राउ परेका छन् । प्रविण बाँस्तोलाको रहस्यमय मृ’त्यु प्रक’रणमा संलग्न रहेकाे अभियोग लागेका घरधनी रमेश गिरीलाई उर्लाबारीबाट प्रहरीले प’क्राउ गरेको हाे ।

उर्लाबारी नगरपालिका- ६ का घरधनी रमेश गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उनको मृ’त्यु भएको थियो । उर्लाबारी- ५ घर भएका प्रविनको ह’त्या आरोपी गिरीलाई आइतबार प’क्राउ गरिएको मोरङ प्रह’रीले जनाएको छ ।

बाँस्तोलाको गत पुस ५ गते मृ’त्यु भएको हो । उनको मृ’त्यु नभई ह’त्या भएको दाबीसहित आफन्तले आन्दोलन चर्काएपछि प्रहरीले क’र्तव्य ज्या’न कसु’रमा अनुसन्धान सुरु गरेको थियो । प्रहरीले ह’त्या भन्ने लाग्दालाग्दै छोडेका व्यक्तिमध्ये होटल सञ्चालक कुमार राई, मृ’तक प्रविणका साथी मेहरमान दर्जी र घरधनी गिरीलाई प’क्राउ गरेको छ । सो घ’टनामा संल’ग्न मानिएका राजेश रणपहेली, दिपेश पौडेल र सुदिप परियार फ’रार रहेका छन् ।

सरकारी वकिलको कार्यालयले गत बुधबार क’र्तव्य ज्या’न कसु’रमा जिल्ला अदालत मोरङमा अभि’योगसहित उपस्थित गराइएका होटल सञ्चालक राईलाई तीन लाख धरौ’टी र दर्जीलाई पुर्प’क्षका लागि थु’नामा राख्ने आदेश दिएको थियो । अन्य फ’रार अभि’युक्तहरुलाई पनि खोजी भइरहेको मोरङ प्रह’रीले जनाएको छ ।

८१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया