
काठमाडौँ / दलहरुलाई अब महाधिवेशन लाग्यो । नेपालका प्रमुख राजनीतिक दलहरु सबै अब महाधिवेशनमा होमि’ने भएका छन् । यस्का लागि नेपाली काँग्रेस र नेकपा एमालेले मंसिरको साइत जुराएका छन् भने नेकपा माओवादी केन्द्रले पुषमा महाधिवेशन फासफुस पार्ने तयारी गरेको छ ।
काँग्रेसले पहिला तोेकेको तिथि आगामी भदौ दोस्रो साताको हो । तर उस्ले भदौमा सकेन, बर्खा लाग्यो, सरकारको नेतृत्व गर्नु पर्ने भयो र महाधिवेशनका लागि गर्नु पर्ने धेरै प्रक्रिया उस्ले पूरा नै गर्न सकेन् ।
तर काँग्रेसले दलहरुको वैधानिकतासम्बन्धी संविधानमा गरिएको व्यवस्थाको हिसाब किताब कसरी मिलायो यो भने सोध्नै पर्ने र बुझ्नै पर्ने विषय बनेको छ । किनभने संविधानले तोकेको र कि’टान गरेको व्यवस्था अनुसार कुनै पनि दललाई मनपरि गर्ने छुट अब छैन् ।
जस्लाई निर्वाचन आयोगले निगरानी गर्नेछ । तर काँग्रेसले उता पनि कुरा मिलाएछ र घर भित्र पनि कुरा मिलाए जस्तो छ । किनभने काँग्रेसले आन्तरिकरुपमा रहेको बिभिन्न किचलोलाई पनि कुल्च’दै महाधिवेशन मंसिरमा पुर्याएरै छाडेको छ ।
उता नेकपा एमाले भित्र रडाको अझै जारी छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको कुरा नमिल्दा उस्का कार्यकर्ता अझै अन्यौ’लमा छन् । तर एमालेले पनि महाधिवेशन मंसिरमा नै गर्ने भएको छ ।
यस्का लागि उस्ले महाधिवेशनका प्रक्रियाहरु समेत यही भदौदेखि सुरु गर्ने भएको छ । भदौदेखि सुरु गर्दा एमाले भित्र ओली र नेपालहरु एक ठाउँ उभिएर गर्ने हुन या अलग अलग भएर यो प्रश्न अझै अनुत्तरित छन् ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि आगामी पुषमा महाधिवेशन गर्ने भएको छ । यस्का लागि उस्ले सबै कार्यको थालनी गरेको छ । जताबाट पनि जसरी भएपनि सत्ताको तर मा’र्दै आएको माओवादी संघीय संसदको निर्वाचन पछि कम समय मात्र सत्ता बाहिर बस्ने दलमा परेको छ । कहिले कोसंग त कहिले कोसंग टाँसिएर भएपनि माओवादी सत्ता बाहिर कहिले पनि छैन । उस्ले पनि पुषमा महाधिवेशन गरेर पार्टीमा नयाँ उ’र्जा थप्ने तयारी थालेको छ ।
यहाँ बुझ्नै पर्ने कुरा के छ भने सरकारी सत्ता त्यस्ले खान्छ जस्ले पार्टीको सत्ता कब्जा गर्छ । त्यसैले हरेक नेताका लागि महाधिवेशन नै हो पार्टीको स त्ता क’ब्जा गर्ने महत्वपूर्ण माध्यम ।
जस्ले पार्टीको सत्ता क’ब्जा गर्यो उस्ले देशको सत्तामा रा’ईदाई गर्यो । नेपालमा चलेको र देखिएको चलन नै यही भएको छ । र, वास्तविक सत्य पनि यही हो ।
नेपालमा अहिलेसम्म राष्ट्रिय सत्ताका लागि झ’गडा र क’लह हुँदै आएको छ । यस्का लागि दलहरु सडकमा मात्र ओर्लिएनन स’र्वोच्च अदा’लतसम्म पुगे । अब दलहरुको केन्द्रीय सत्ताको कुर्सीका लागि झगडा केही समयका लागि मत्थर भएको छ ।
उता प्रदेश सरकारतिर भने कुर्सीको लडाई अझै तन्किने सम्भावना देखिएको छ । देश प्रदेश सबैतिर कुर्सीको लडाई । तर अब भने लडाई पार्टीको कुर्सीमा केन्द्रित हुने भएको छ ।
केन्द्रीय सत्ताको कुर्सीका लडाई हेर्दै आएका जनताले अब यो जाडोमा पार्टीको कुर्सीका लागि हुने झ’गडा हेर्न पाउने भएका छन् । यस्को लागि अहिले केन्द्रमा र सबैको नजरमा छन् ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेपालका प्रमुख तीन दलको शक्ति र कुर्सीमा रहेका यिनै नेताहरु फेरि पनि आफ्नो कार्यकाल दोहोर्याउने मुडमा छन् ।
तर यसपटक काँग्रेस र एमालेमा अवस्था पक्कै सहज छैन । नेकपा माओवादी केन्द्र भित्र प्रचण्डलाई टक्कर दिने आँट तत्काल कसैले नगर्ला । यदि कसैले टक्कर दिने आँट गरिहाले पनि त्यस्को अवस्था पार्टी भित्र टिकाउपूर्ण हुँदैन । जस्ले प्रचण्डलाई ट’क्कर दिन्छ उस्को हालत बाबुराम भट्टराई र मोहन बैधको झै हुने पनि पक्का छ ।
तर देउवालाई रामचन्द्र पौडेलको मात्र नभइ यसपटक उस्कै क्याम्पबाट उठेका विमलेन्द्र निधि र कोइराला क्याम्पको चुनौ’ती कठोर हुने पक्का छ । काँग्रेसमा सबै गिरिजाप्रसाद कोइराला हुन सक्दैनन । तर देउवा यो देखाएर छोड्ने पक्षमा छन, काँग्रेस भित्र देउवाको विकल्प अहिले नै साह्राे छ ।
सभापतिलाई अति शक्तिशाली बनाएको प्रजातान्त्रिक दल काँग्रेस बास्तवमा सभापतिलाई दिएको अतिशय अधिकारका कारण समय समयमा अलोकतान्त्रिक अभ्यासमा हिड्ने गरेको आरोप पनि खे’प्दै आएको छ ।
यता माधवकुमार नेपाल बाहेकको एमाले कल्पना गर्न धेरै एमाले नेता तथा कार्यकर्ताहरुलाई साह्राे पर्दै गर्दा अध्यक्ष ओली नेपाललाई साथै लिएर हिड्ने पक्षमा अझै उदार देखिएका छैनन् ।
उता माधव नेपाल पनि ओलीलाई सच्याउने नभए झुका’उने दा’उँमा छन् । दुई पक्ष असम्भव अडानमा लाग्दा एमालेको महाधिवेशन कुनरुपको हुने हो अझै अनिश्चित छ ।
आम नेपालीलाई थाहा छ– नेपालका नेताहरु आ’र्यघाट नपुगेसम्म सत्ता छाड्न चाहदैनन् । पार्टी युवाहरुको हातमा सुम्पेर आफुहरु अभिभावक बनेर देश र पार्टी हाँँक्ने कुरा कसैले कहिले सोचेनन् र यो प्रयोग नेपालमा अहिलेसम्म कहिले भएन पनि । यो नेपालको राजनीतिमा प्रमाणित भइसकेको दुः’खद यथार्थ हो । न्यू’ज 24 ने’पालबाट ; हे’र्नुहोस् भिडियो :-