सोमबार ०९ जेठ २०७९

काठमाडौं / उडाउने सपना देखाउनेहरुको न यो देशमा कहिल्यै कमि हुने भयो नत सपनामा बे’चिने युवाहरुको नै । विश्वासिलो वातावरण बनाएर र ठ’ग्नका लागि सबै तारतम्य मिलाएर यसरी जा’ल हानिन्छ कि ठ’गिनेहरु जा’लमा पर्दैछु भन्ने कहिंकतै शं’का गर्ने ठाउँसम्म पनि पाउँदैनन ।

त्यसमाथि ठ’गिनेहरु बढी शिक्षित र टाठाबाठा नै बढी छन भने ठ’ग्नेहरुलाई कुनै का’रवाही हुन नसक्दा घ’टना हरेक दिन बढ्दो छ । विदेश पठाइदिने भन्दै हरेक बर्ष वैदेशिक रोगजार विभागमा उ’जुरीको चाङ नै लाग्ने गर्छ ।

तर ठ’ग्नेहरुमाथि का’रवाही र ठगि’एकाहरुको रकम भरपाईको घ’टना कमै सुन्न पाइन्छ । अब त म्यानपावर कम्पनीहरुमात्र नभई अन्य विभिन्न नाममा खुलेका संस्थाहरु पनि यही ठ’गी ध’न्दामा अग्रसर भएका छन् ।

पछिल्लो ६ बर्षमा नेपालमा नौ हजार बढी युवाहरु ठ’गिदा उनीहरुले पाँच अर्ब बढी रकम गु’माएका छन् । मुलुकका लागि रेमिट्यान्स मनग्ये पठाउने वैदेशिक रोजगारीका क्षेत्र सरकारका लागि सुनको फूल पार्ने कुखुरी नै बनेपनि यस्लाई व्यवस्थित र मर्यादित बनाउन नसक्दा यो क्षेत्र ब’दनाम पनि उत्तिकै बन्दै आएको छ । यही क्रममा सिंगापुर उडाइदिने नाममा ५ सय बढी युवाहरुबाट २८ देखि ३० करोडसम्म ठ’गेर एक व्यक्ति बेप’त्ता भएका छन् ।

सिंगापुरमा बिभिन्न क्षेत्रमा राम्रो काम लगाइदिने आ’श्वासन दिएर काठमाडौंकोे समृद्धि अवोर्ड प्रालिका सञ्चालक धादिङका सञ्जीव रायमाझी उर्फ रमेश वयलकोटी ५ सय बढी युवाहरुबाट १ देखि ९ लाखसम्म उठाएर फ’रार भएका छन् । बयलकोटी वे’पत्ता भएपछि ठ’गिएका युवाहरु बिभिन्न निकाय धाउँदै हा’रगुहार गर्न थालेका छन् ।

धेरै युवाहरु गाउँठाउँमा नै भएकोले म्यानपावर कम्पनी भा’गेको र आफुहरु ठ’गिएको बारेमा अझै जानकारी पाउन सकेका छैनन् । ठ’ग्ने म्यानपावरका सञ्चालक बयलकोटीकोबारेमा ठ’गीमा परेका युवाहरुले सरोकारवाला निकाय र नेपाल प्रह’रीको अ’पराध अनु’सन्धान विभागमा समेत उजु’री दिएका छन् ।

कल्पनाको शयर…

धेरैले कल्पनाको शयर सुरु गरिसकेका थिए । सिंगापुर पुग्ने र टन्न कमाउने । उनीहरुको कल्पनामा उनीहरुका परिवारको सुखशान्ति र हाँसोखुसी समेत जोडिसकिएको थियो । तर कल्पना आखिर कल्पना नै हो । यस्तै भयो ती युवाहरुका लागि पनि । अहिले उनीहरु सपनाबाट व्युति’एको अवस्थामा छन् ।

५ सय बढी युवाहरुको अहिले ओठ र तालु सु’केको छ । उनीहरु रा’तोदिन रमेश बयलकोटीको खोजीमा छन् । जस्ले उनीहरुलाई सिंगापुरको सुन्दर सपना सजाउन विवश तुल्याएका थिए । फ’सेका धेरै युवाहरु अब रकममात्र भएपनि फिर्ता गरिदिए हुन्थ्यो भन्ने अवस्थामा पुगेका छन् ।

हरेक भेटमा चिप्लो कुरा :

विगत ६ महिनादेखि युवाहरुलाई बयलकोटीले ल’ठ्याउँदै आएका थिए । उनीहरुलाई एकपछि अर्को गर्दै झु’ठो आ’श्वासन दिएर बयलकोटीले मन्त्रमुग्ध पारेका थिए । जस्ले गर्दा हरेक भेटमा उनीहरु बयलकोटीको भ्रमको जा’लोमा बेरिन पुगेका थिए ।

प्रत्येकबाट १ लाखदेखि ९ लाखसम्म ठ’गियो :

धादिङ पण्डित पौवाका बयलकोटीले तत्काल दिनसक्नेहरुबाट १ लाखदेखि ९ लाखसम्म उठाए । सिंगापुर उडाउने मिति पनि उनले फरक फरक तोक्दै आए । गाँउमा नै काठ काण्डदेखि बिभिन्न का’ण्डमा मु’छिएका बयलकोटी क’राते खेलाडी समेत हुन् ।

उनका परिवारको अधिकांश सदस्य बिभिन्न फौ’जदारी अ’भियोगमा मु’छिएका समेत छन् । बयलकोटीको बारेमा पछिल्लो समय प्रह’रीले खोजी कार्य समेत तीब्र पारेपनि फे’ला पार्न नसक्दा फसेका पी’डितहरु नि’राश बन्न थालेका छन् ।

उद्दार गरिदिन ठ’गिएका युवाहरुको पु’कार :

ठगि’एकाहरु न्यूज २४ टेलिभिजनको कार्यालयमा आएर आफुहरुको उद्दार गरिदिन आग्रह गरेका छन् । आफुहरुले विश्वासमा पर्दा ठूलो रकम गु’माएको र यो रकम चुक्ता गर्न पनि आफुहरुलाई अब हम्मे हम्मे पर्ने भनाइ उनीहरुको थियो ।

ठ’गी गरेर फ’रार रहेको भनिएका रमेश बयलकोटी केही दिन अघिसम्म धादिङको थाक्रेमा धुम्दै हिडेको देख्नेहरु पनि नभएका होइनन् । तर उनी प’क्राउ पर्न नसकेको दा’वी प्रह’रीले गर्दै आएको छ । – न्यूज 24 नेपा’लबाट ; हे’र्नुहोस् भिडियो :-

६२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया