मंगलबार १६ आश्विन २०८०

काठमाडौं / डिसहोम बाह्रखरी कथा प्रतियोगिता–२०७८ घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १२खरी बुक्सले प्रतियोगिताको तेस्रो संस्करण घोषणा गरेको हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथामध्ये प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ६० हजार र तृतीय हुनेलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो पटकको कथा प्रतियोगिताका मुख्य निर्णायकमा आख्यानकार तथा साहित्यकार नारायण ढकाल रहनुभएको छ त्यस्तै, कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा निर्णायक समूहको सदस्य रहेका बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जानकारी दिए ।

कथा प्रतियोगिताको नतिजा आगामी मंसिर ३ गते बिशेष कार्यक्रमकाबिच सार्वजनिक गरिने आयोजकले जनाएको छ । सहभागी हुन चाहनेहरुले आफूले लेखेको कथा आगामी भाद्र ३१ गतेसम्ममा आइपुग्ने गरी पठाउनुपर्ने बताइएको छ ।

१२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया