आइतबार १७ मंसिर २०८०

सुर्खेत / को’रोनाको जो’खिम रहेको भन्दै यातायात व्यवसायीले म’नपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले म’नपरी भाडा असुल्न थालेका हुन् ।

कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु तीन हजारसम्म भाडा असुल्ने गरेका छन् । कालीकोटदेखि सुर्खेत जानका लागि कालीकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले रु तीन हजार असुल तिरेको बताउनुभयो ।

“को’रोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले रु एक हजार २५ लिनुपर्ने हो”, उहाँले भन्नुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेगडाँडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा लकडाउन अघिसम्म रु ३०० भाडा दर भएकामा गत वर्षको लकडाउनमा रु ५०० र यसवर्ष रु ८०० सवारी भाडा यातायात व्यवसायी आफैले बढाएका छन् ।

से’नाले निर्माण गरेर सो सडक गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुबाहक गाडीले मात्र नभएर मालबाहक मिनी टाटा र ट््याक्टरले पनि म’नपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताउनुभो ।

आफूकहाँ कसैको गुना’सो नआएको र छ’ड्के जाँच गर्न जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ । भाडामा म’नपरी भएको भन्नेबारे गु’नासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

“अनौपचारिक रुपमा भाडा बढी लिएको गु’नासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “औपचारिक रूपमा जानकारी आएमा त्यस्ता व्यक्तिहरूलाई हामी का’रवाही गर्छौं ।” – न्यू’ज 24 नेपा’लबाट ; तस्वीर :- फाईल ।

७७० पटक हेरिएको

तपाईको प्रतिक्रिया