आइतबार १७ मंसिर २०८०

उदयपुर / अहिले टिकटकमा भाइरल छन् गोपाल कृती र उनकी पत्नी नमु न्यौपाने । उनीहरुको टिकटकमा भएका भिडियो कलाकारहरुले पनि निकै मन पराएका छन् । अत्यन्त फरक शैलीमा उनीहरुले भिडियो बनाउँछन् । उनीहरुले बनाएका भिडियो खिच्ने उनीहरुकै छोरी हुन् ।

गोपाल लामो समयदेखि रंगमञ्चमा काम गरेका कलाकार हुन् । मोफसलमा सडक नाटकहरू गरिरहने उनले २०६४ सालमा काठमाडौंको गुरुकुलमा एक महिना र मण्डला नाटकघरमा एक हप्ता अभिनय तालिम लिएका थिए । उनीहरुको प्रेम विवाह हो ।

गाईघाट, उदयपुर घर भएका उनको पूरा नाम गोपालकृष्ण तिमल्सिना हो । त्यही नाम छोटकरी बनाउँदै उनले गोपाल कृति बनाएका हुन् । उनी ४८ वर्षका भए, श्रीमती नमु ४० वर्षकी हुन् ।

गोपाल र नमुले ०५४ सालमा प्रेम विवाह गरेका हुन् । गाउँमा खोलिएको शिखर युवा क्लबमा सँगै काम गर्दा दुईको सम्बन्ध नजिकिएको थियो ।

गोपालले अँध्यारो उज्यालो, क्रमशः, अबो’ध क्रन्धन, प’छुतो लगायत नाटकमा उनले काम गरे । २०७१ सालमा पछु’तो नाटक गरेपछि भने घरायसी व्यस्तताले उनी रंगमञ्चबाट टाढिए ।

अहिले टिकटकका माध्यमवाट उनीहरुले आफ्नो कलालाई निरन्तरता दिएका छन् । धेरैले उनीहरुको यो कला पनि मन पराएका छन् । आफुहरुको कला मनपराउँदा दम्पत्ती पनि दंग छन् ।

फाट्टफुट्ट नाटक सिकाएर मन बहलाए पनि उनीभित्रको अभिनय भोक मरेको थिएन । त्यसैले टिकटक अभिनय प्रस्तुत गर्ने अर्को रंगमञ्चजस्तो लाग्छ उनलाई । खुसी हुँदै भन्छन्, अहिले बल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामीलाई हाम्रो कामको सम्मान भएजस्तो महशुस भएको छ ।

१४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया