
काठमाडौं / एक जना नेपालीलाई नेपाल प्र’हरीले पोर्चुगलवाटै पक्राउ गरेर ल्याएको छ । नेपालमा ठ’गी गरेर पोर्चुगल पुगेका नेपालीलाई प’क्राउ गरेर ल्याइएको हो । नेपाल प्र’हरीको इन्टरपोल शाखाले युरोपेली मुलुक पोर्चुगल पुगेर काभ्रेपलान्चोक घर भएका केदार ढुङ्गानालाई प’क्राउ गरेको हो ।
उनलाइै शनिवार विहान नेपाल ल्याइएको छ । प’क्राउ गर्न पोर्चुगल पुगेको प्र’हरी डिएसपी सहितको टोली शनिवार बिहान ११ बजे केदारलाई लिएर काठमाडौंमा ल्यान्ड भएको हो । उनलाई पोर्चुगलबाट नेपाल ल्याएको नेपाल प्रह’रीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
ढुङ्गानाले तत्कालीन एनडीईपी डेभलपमेण्ट बैंकबाट ठ’गी गरेर २ करोड रुपैयाँ लिएका थिए । त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठ’गी गरेको उ’जुरी परेको थियो ।
केन्द्रीय अ’नुसन्धान ब्यु’रो (सीआइवी) को टो’लीले घ’टनाको अ’नुसन्धान गरिरहेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदा’लत, ललितपुर जिल्ला अ’दालत र उ’च्च अदा’लत पाटनमा मु’द्दा छ।
ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्र’हरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो । उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए ।
काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना खासमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लेखापढीको काम गर्थे ।
सेवाग्राहीको काममा सहजीकरण गरिदिने उनलाई यातायातका ‘दले दाइ’ भनेर चिनिन्थ्यो । ढुङ्गानाले एउटा रिकण्डिसन शो रुम पनि चलाएका थिए भने कोटेश्वरमा कार्यालय पनि खोलेका थिए ।
यातायातका साधन सम्बन्धी काम गर्ने उनलाई आफ्नै गाउँका नारायणबहादुर श्रेष्ठले साथ दिए । उनीहरु मिलेर नक्क’ली बिलबुक लगायतका कागजात तयार गरेर बैंकमा ऋ’ण लिन कागजात पेश गरे ।
जुन तातोपानी, काठमाडौँ र खासासम्म पुग्थ्यो । ब्यवसायी भएकाले बैंकले श्रेष्ठलाई विश्वास गर्यो । त्यसपछि उनीहरुले यातायतका नक्क’ली कागजात तयार गर्ने र न’क्कली मान्छे ख’डा गरेर ऋण लिन थाले ।