
काठमाडौं / नेपालमा नागपञ्चमीका दिन धार्मिक रूपमा नाग भनिने जमिनमा घिस्रने जीव सर्पको पूजा गर्ने चलन छ ।
हिन्दू धार्मिक मान्यता अनुसार भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेषनागको श’य्यामा सुत्ने गर्छन् ।
तर नेपालमा अझै पनि कैयौँ स्थानमा सर्पलाई देख्ने बित्तिकै टो’क्ने ड’रले मा’र्ने गरिएको पाइन्छ । यद्यपि हालैका वर्षमा सर्पको संरक्षणका पहलहरू पनि हुन थालेका छन् ।
अर्कातर्फ हरेक वर्ष विशेषगरी नेपालको तराई क्षेत्रमा सर्पको टो’काइबाट कैयौँको ज्या’न जाने गर्छ ।
नेपालमा कति प्रजातिका सर्प पाईन्छन् त ?
सर्पबारे अध्ययन गरेका विज्ञहरूका भनाइमा नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ ।
“नेपालमा हालसम्म पहिचान भएका भनेर ९०/९२ प्रजातिका सर्पलाई लिइन्छ,” नेपालमा पाइने सर्प र स’र्पदंशबारे अनुसन्धान गरेका एकजना प्राणीशास्त्री डा. देवप्रसाद पाण्डे बताउँछन् ।
“तर नेपालमा सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले यहाँ योभन्दा धेरै नै जातका सर्प हुन सक्छन् ।”
गण्डकी विश्वविद्यालयको अनुसन्धान विभागका प्रमुख समेत रहेका पाण्डेका अनुसार नेपालमा पाइने धेरै सर्पहरू वि’षालु छैनन् ।
“यहाँ पाइनेमध्ये १८ वटा प्रकारका सर्पहरू चाहिँ अति विषा’लु खालका हुन्,” उनले भने, “त्यस बाहेकका सर्पहरू कम विषा’लु र वि’ष नभएका छन् ।”
जीवशास्त्रीहरूका भनाइमा विश्वमा करिब चार हजार प्रजातिका सर्पहरू पाइन्छन् ।
नेपालका छिमेकी मुलुकहरू भारत र चीनमा पनि धेरै सङ्ख्यामा सर्पका प्रजाति पाइएकाले नेपालमा पनि अहिले भेटिएका भन्दा बढी सर्प भेटिनसक्ने उनीहरूको भनाइ छ ।
सबैभन्दा वि’षालु सर्प
नेपालमा पाइने सर्पमध्ये सबैभन्दा वि’षालु र धेरै मानिसको ज्या’न लिएका सर्प भनेका करेत र गोमनका विभिन्न प्रजाति रहेको पाण्डे बताउँछन् ।
त्यस्तै हरेउका केही प्रजाति र बाघे सर्प पनि अति वि’षालु सर्पका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
“नेपालमा करेतका छ वटा प्रजाति छन् त्यसमध्ये पाँचवटाले मानिसहरूलाई ड’सिरहेको प्रमाण भेटिएको छ । एउटा ‘बङ्गारस बङ्गोरोइड’ भन्ने प्रजातिले चाहिँ खासै ड’सेको पाइएको छैन,” पाण्डेले भने ।
उनका अनुसार मानिसलाई कम ड’स्ने भनिएको उक्त सर्प पहाडी क्षेत्रमा पाइन्छ ।
त्यसपछि नेपालमा धेरै मानिसलाई टो’क्ने सर्पमा गोमन रहेको छ ।
करेत र गोमन सर्प तराई क्षेत्रमा धेरै मात्रामा पाइने गरेको उनको भनाइ छ ।
तर गोमन र करेतको टो’काइबारे आफ्नो हालैको एउटा अनुसन्धानले रोचक तथ्य उजागर गरेको पाण्डेले बताए ।
उनले भने, “पूर्वतिर गोमनले दु:ख धेरै दिने रहेछ । पश्चिमतिर फेरि गोमनको टो’काइ कम हुँदै जाने र करेतको बढ्दै जाने रहेछ । यो अनौठो लागेको छ । यस तथ्यांकले थप अनुसन्धानको मा’ग गरेको छ ।”
उनले त्यो सर्पको सङ्ख्या कति छ भन्नेमा निर्भर भएको हुनसक्ने ठान्छन् । “तर त्यसका लागि सर्पको गणना हुनु जरुरी छ। नेपालमा त्यो हुन सकिरहेको छैन,” पाण्डे भन्छन् ।
सर्पले बचाउँछ मानिसको जीवन :
विशेषगरी तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घट’ना धेरै हुने गरेको बताइन्छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आप’तकालीन कार्यसञ्चालन केन्द्रका अनुसार गएको एक दशकमा सर्पदंश’का १३० वटा घ’टना सरकारी रेकर्डमा आएका छन् ।
ती घ’टनामा ७७ ज’नाको ज्या’न गएको केन्द्रको विवरण छ।
यद्यपि कैयौँ घट’नाहरू सरकारी विवरणमा समावेश नभएकाले यो विवरण अपुरो रहेको विज्ञहरूको भनाइ छ ।
केन्द्रका अनुसार एक दशकमा कुल १३१ परिवार प्रभावित भएका छन् ।
सर्पले टो’केमा के गर्ने ?
स’र्पदंशको उपचारमा संलग्न चिकित्सकहरू सर्पले टो’क्दैमा नआत्तिन सुझा’व दिन्छन् ।
लामो समय सरकारी सेवामा रहेर स’र्पदंश उपचार र त्यसको उपचार पद्धतिका मापदण्ड बनाउन समेत संलग्न भई अहिले अवकाशप्राप्त चिकित्सक डा. छविलाल थापामगर कैयौँ मानिसहरू आत्ति’एर थप बि’रामी पर्ने गरेको बताउँछन्।
हाल नवलपुरस्थित कालिगण्डकी अस्पतालमा कार्यरत चिकित्सक थापामगरका अनुसार अझै पनि कतिपय मानिसहरू चाहिँ सर्पले टो’केपछि निकै ढिलो गरेर अस्पताल आउने गरेका छन् ।
बीबीसीसँग कुराकानी गर्दै उनले भने, “सबैभन्दा ठूलो समस्या भनेको मानिसहरू ढिलो गरेर आउने गर्छन् । तर श’ङ्का लागेर पनि अस्पताल आउनेहरू अचेल बढेका छन्।”
सर्पले टो’केको अवस्थामा अपनाउनु पर्ने सावधानीबारे थापामगर भन्छन्, “नआत्तिने र टो’केको भागलाई हलचल नगराएर सकेसम्म छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ।”
“प्राथमिक उपचार भनेर पहिले-पहिले गरिरहेका विभिन्नखाले कुराहरू नगरीकन सिँधै बिरामीलाई अस्पताल ल्याउनु नै सबैभन्दा राम्रो उपाय हो ।”
उनले भारतबाट एन्टी स्नेक भेनम ल्याएर उ’पचार भइरहेको जानकारी दिए।
थापामगरका अनुसार सबै सर्प वि’षालु हुँदैनन् र वि’षालुले टो’क्दा पनि सधैँ वि’ष छाड्छ भन्ने हुँदैन।
सर्पको टो’काइबाट कसरी बच्ने?
सर्पको टो’काइबाट बच्न आफ्नो घर वरिपरि नियमित सफाइ गर्नुपर्ने डा. थापामगरको सुझाव छ।
त्यस्तै उनी सर्प लुक्ने स्थान नबनाउने र दुलाहरूमा हात नराख्ने व्यवहार अपनाउन सबैलाई आग्रह गर्छन्।
“राति हिँड्नुपर्दा पनि जुत्ता र सुरुवालजस्तो तलैसम्म छोप्ने लुगा लगाउने र लट्ठी लिएर हिँड्ने गर्नुपर्छ,” उनी भन्छन्।
त्यस्तै राति सुत्दा खाटमा सुत्ने र झुल टाँगेर सुत्ने गर्दा पनि सर्पको आक्रमणबाट बच्न सकिने उनको सुझाव छ।
“तर कसैले मलाई आ’क्रमण गर्यो भन्ने ठानेर मात्र सर्पले टो’क्छ, त्यसैले सर्पलाई हा’नि गर्नु हुँदैन,” उनी भन्छन्।
सर्प संरक्षणको आवश्यकता :
सर्पलाई हेरेरै धेरै मानिसहरू ड’राउनु र सर्पलाई देख्ने बित्तिकै मा’र्ने गर्नु मानिसको “अज्ञानता भएको” थापामगरको भनाइ छ।
त्यस्तै प्राणीशास्त्री पाण्डे पनि एकातिर धार्मिक रूपमा नाग भनेर पूजा गर्ने र अर्कोतिर कतिपयले सर्पलाई देख्ने बित्तिकै मा’र्ने प्रवृत्ति उचित नभएको बताउँछन्।
उनी सर्पका कारण भ्यागुता, मुसा र किरा फट्याङ्ग्राहरू खाएर सर्पले पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गरिरहेको बताउँछन्।
त्यस्तै आधुनिक उपचारपद्धतिमा थोरै मात्रै नका’रात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्ने गरेकी पाण्डे बताउँछन् ।
सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी-स्नेक भेनम पनि सर्पको वि’षबाट बनाइन्छ ।
क्या’न्सर भएका बिरामीको दु’खाइ कम गर्ने औषधि सर्पको वि’षबाट बन्न थालेको उनले बताए ।
उनी सर्प संरक्षणमा जोड दिँदै भन्छन्, “मानौँ न वि’षालु सर्प भन्दै झ्यापझ्याप मा’र्यो भने त मान्छेले प्रयोगशालाबाट प्रकृतिले बनाएको जस्तो वि’ष बनाउन त गाह्रो छ नि! त्यही भएर यदि हामीले सर्पलाई जोगाएनौँ भने मान्छे नै सङ्क’टमा पर्छ ।” – सा’भार :- वि’विसी ड’टकमबाट ।