
काठमाडौं / ग्लोबल आईएमई बैंकले विभिन्न पदमा कर्मचारी मा’ग गरेको छ । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसरमा कर्मचारी मा’ग गरेको हो ।
बैंकका अनुसार उक्त पदहरूको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्म बैंकिङ क्षेत्रमा अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै सिनियर अफिसरको लागि लागि स्नाकोत्तर गरेको र अफिसर र जुनियर अफिसर पदको लागि कम्तिमा स्नातक गरेको हुनुपर्नेछ ।
बैंकले सो पदहरूको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख छ । त्यसैगरी इच्छुक आवेदकहरूले आगामी भदौ ४ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
यस्तै नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ ।
जागिरेहरुको आधार दरमै ऋण दिने व्यवस्था गरेको मौद्रिक नीतिकमा उल्लेख गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो ऋण २५ लाख रुपैयाँसम्म दिने घोषणा गरेको हो ।
यो ऋण पाउनेहरुमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक र अन्य कर्मचारी रहेका छन् । यसको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने जनाइएको छ ।
यो ऋण २ वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि धितो भने अनिवार्य गरिएको छ । – ईताजा ख’बरबाट ।