
एजेन्सी / जर्मनीमा भा’इरस विरु’द्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ । बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले भा’इरस वि’रुद्धको खोपको साटो नुनपानी लगाइदिएकी हुन् ।
उक्त घ’टना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो । त्यो बेला ६ जनलाई मात्रै नुनपानी दिइएको बताइएको थियो । आरो’पित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फु’टाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् ।
तर, प्र’हरीकाे अ’नुसन्धानले ८ हजारभन्दा बढीलाई भा’ईरस वि’रुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ । फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रह’रीको ठहर छ ।
भा’ईरस विरु’द्धको खोपको साटो नुनपानी लगाएको प्रह’रीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहोर्याउन आग्रह गरेका छन् । उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका रहेको बताइएको छ ।
तर, ती स्वा’स्थ्यकर्मीका वकिलले भने उक्त आ’रोपलाई अस्वी’कार गरेका छन् । यस घ’टनामा प्रत्यक्षदर्शीसँग बया’न लिने क्रम जारी छ । अहिलेसम्म यस घट’नाविरुद्ध कुनै पनि मु’द्दा द’र्ता गरिएको छैन ।
क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्याउनका लागि तयार भएको बताइएको छ । सांकेतिक तस्बिर