मंगलबार ०७ चैत्र २०७९

– डा. अनुपमा सुवाल गुरुङ

विवाहपछि अधिकांशको सन्तान जन्माउने चाहना हुन्छ। तर सबै दम्पतीका लागि सन्तानको जन्म सामान्य हुँदैन। निकै प्रयासका बाबजुद पनि केही दम्पतीले सन्तानको सुख पाउन सकिरहेका हुँदैनन्।

अहिले नेपालमा पनि निःसन्तानपन ठूलै समस्याका रुपमा छ। यो समस्या वर्षेनी बढ्दो देखिन्छ। सामान्यताः कुनै पनि दम्पतीले प्राकृतिक रुपमा एक वर्षसम्म सन्तानको प्रयास गर्दागर्दै पनि नभए त्यसलाई निःसन्तानपन भनिन्छ।

उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ। कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन। यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ।

प्राकृतिक रुपमा ग’र्भवती हुन आधारभूत यी चार वटा कुरा सामान्य हुन आवश्यक छ। एक, श्रीमा’नको वी’र्य। दोस्रो, श्रीम’तीको पा’ठेघर स्वस्थ हुनुपर्छ। तेस्रो, महिलाको अन्डा उत्पादन गर्ने शक्ति राम्रो हुनुपर्छ र चौंथो ट्यु’ब खुलेको हुनुपर्छ।

हामीले चार वटा कुरालाई आधार मानेर हेरेपछि मात्र समस्या के हो भनेर पत्ता लगाउन सक्छौं। महिलामा मधुमेह, थाइरोइड, रक्तचाप, महि’नावारी गडबडी छ कि भनी हेर्छौं। पहिले सन्तान खेर गएको छ या सेतो पा’नी बग्ने समस्या छ कि भनेर पनि हेर्नुपर्छ।

पुरुषमा पनि यौ’न समस्या भए/नभएको, यो’नीमा चोटपटक लागेको, लागुप’दार्थको प्रयोग गर्ने–नगर्ने दुवै हेर्न आवश्यक छ।

विश्वभर निःस’न्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ। निःसन्ता’नपनको समस्या हुनुमा महिला र पुरुष दुवै कारण हुन्।

वैदेशिक रोजगारीमा जाने पुरुषमा झन् निःसन्तानपनको समस्या बढी भेटिन्छ। पुरुषमा हुने निःसन्ता’नपनको समस्याका कारण विशेषगरी वि’र्यको कमी, उमेर, वंशाणुगत या अन्य कुनै रोग हुनसक्छ।

महिलामा भने ट्यु’ब ब्लक हुँदा, अ’न्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अ’न्डा उत्पादनमा समस्या हुन्छ। पाठे’घरमा ट्युमर भए या संक्रमण भए, वंशाणुगत कारण, हर्मोनको गडबडी, पटकपटकको गर्भप’तन र पाठे’घरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ।

तर, अहिले धेरैमा देखिने आमकारण भनेको महिलामा ट्युब ब्लक, अ’न्डा उत्पादनमा समस्या, पुरुषमा वि’र्यको कमी र ढिलो विवाह नै देखिन्छ। समयमै निदान भए समस्या अनुसार उपचार पनि हुन्छ।

यसको विशेषगरी दुई वटा उपचार हुन्छ। एक, आइयुआई र दोस्रो, आइभिएफ अर्थात् टेस्टयुब बेबी।

आइयुआई उपचारमा श्रीमानको वि’र्य या डोनर स्प’र्म महिलाको पाठेघ’रमा प्रोसेस गरेर हाल्ने प्रक्रियालाई इन्ट्रायुटाइन इन्सेमिनेसन अर्थात् आइयुआई भनिन्छ। डोनर स्प’र्म श्रीमानको वि’र्य नभएको अवस्थामा दम्पतीको अनुमति अनुसार मात्र राखिन्छ।

आइभिएफ प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। अन्डा बनाउने, अन्डा झिक्ने, श्रीमानको वि’र्य या डोनरको स्प’र्म मिलाएर ग’र्भाधान गर्नेदेखि लिएर श्रीमतीको पाठेघ’रमा हाल्ने सबै प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। त्यसैले यसलाई टेस्टट्युब बेबी भनिएको हो।

प्रजनन क्षमता हुने उमेरमै सन्तानको योजना बनाउनु राम्रो हुन्छ। ३५ वर्षपछि महिलाको अन्डा बनाउने शक्ति घट्दै जान्छ। आमाको पेटबाटै महिला सीमित अ’न्डा लिएर जन्मेका हुन्छन्। जीवनभर महिलाले नयाँ अन्डा बनाउँदैनन्। हरेक पटक महि’नावारी हुँदा ती अ’न्डा खेर जान्छन्।

४५ वर्षपछि कृत्रिम तरिकाबाट सन्तान जन्माउन पनि गाह्रो नै हुन्छ। हुन त आइभिएफ ४५-५० वर्षको उमेरसम्म पनि गर्न मिल्छ। तर छिटो योजना बनाए राम्रो हुन्छ।

अहिले प्रज’नन् क्षमता घट्दै गएको छ। अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषण लगायतले पनि महिला र पुरुष दुवैमा प्रज’नन क्षमता घट्दै गएको पाइन्छ। ३० वर्षको उमेरका महिलामा अ’न्डा बनाउने शक्ति १० वर्षअघि ४० वर्षकी महिलामा तुलना गर्यौँ भने कम पाउँछौं।

त्यसैले २५ देखि ३५ वर्षभित्र सन्तान जन्माएको राम्रो हुन्छ। निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनुपर्छ। अध्ययन र करिअर भनेर यसलाई धेरै पर सार्नु हुँदैन।

स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्छ। करिअर तथा अध्ययनको योजना बनाएजस्तै सन्तान जन्माउने पनि योजना बनाउनुपर्छ। प्राकृतिक रुपमा सन्तानको प्रयास गर्दा पनि नभए अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्छ। समस्या भए पनि अस्पताल ढिलो गए उपचार गरे पनि सफल हुने सम्भावना निकै कम हुन्छ।

(डा अनुपमा भेनस अस्पतालमा स्त्री रोग तथा आइभिएफ, निःसन्तानपन विशेषज्ञका रुपमा कार्यरत छिन्।)

७२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया