
काठमाडौं / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रहनु भएका केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
उहाँलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गराउनु भएको हो । उहाँलाई मुख्यमन्त्री बनाउन बिहीबार बिहान लुम्बिनी प्रदेशका ४२ सांसदहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुख सेरचनलाई बुझाएका थिए ।
बुधबार मात्रै निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफूबि’रुद्ध दर्ता भएको अवि’श्वासको प्रस्तावमाथि चलिरहेको विशेष अधिवेशन कै क्रममा राजीनामा दिनु भएको थियो । त्यसपछि माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्रीको दा’वी गर्नु भएको थिायो ।
नेपाली काँग्रेस र नेकमा माओवादी केन्द्रले यसअघि नै ८\८ महिना प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । ८ महिनापछि काँग्रेसले मुख्यमन्त्री पाउनेछ ।