
काठमाडौं / महिलाको घाँ’टीबाटै सुनको सिक्री लु’टेको एक युवकलाई कपन प्र’हरीले पक्रा’उ गरेको छ । सिन्धुपाल्चोक भोटेकोसी-२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर आरुबारी बस्ने २२ वर्षीय अञ्जित सुवेदी पक्रा’उ परेका हुन् ।
सोमबार बूढानीलकण्ठ नगरपालिका-१०, आकासेधारा नजिक ५७ वर्षीया महिलाको घाँ’टीमा लगाएको सुनको सिक्री लु’टेर सुवेदी फ’रार भएका थिए । महानगरीय प्र’हरी प्रभाग कपनका इञ्चार्ज प्र’हरी निरीक्षक भगवती तिमिल्सिनाले सुवेदीलाई लु’टिएको सिक्रीसहित पक्रा’उ गरिएको जानकारी दिइन् । निजमाथि आवश्यक का’रबाही गर्न महानगरीय प्र’हरी वृत, बौद्धमा पठाइएको प्रह’रीले जानकारी दिएको छ ।
यस्तै उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठ’गी गरेको आ’रोपमा प्रह’रीले एक जनालाई प’क्राउ गरेको छ ।
पक्रा’उ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट छन् । महानगरीय अ’पराध महाशाखाको टोलीले भट्टलाई कलंकी स्युचाटारबाट पक्रा’उ गरेको जनाएको छ ।
उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई अनेक बहा’नामा पारी ठ’गी गरेको खुलेको महाशाखाले जनाएको छ ।
भट्ट यसअघि साइबर क्रा’इम र ठ’गी मु’द्दामा जिल्ला अदा’लतमा एक वर्ष कै’द र ३० हजार जरि’वानाको स’जाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ । उनलाई २०७५ चैत्र २६ गते महाशाखाले पक्रा’उ गरेको थियो ।
उनीबाट कोही व्यक्तिहरु पी’डित भएको भए महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठ’गी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ । उनीबारे थप अनुस’न्धान भइरहेको पनि महाशाखाले जनाएको छ । – ई’ताज़ा ख’बरबाट ।