सोमबार २० आषाढ २०७९

लन्डन / गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना मा’ग पूरा गर्न आ’मरण अ’नशन गरिरहेका भूपू गोर्खा सै’निकहरूको आ’न्दोलनप्रति यहाँको प्रमुख प्र’तिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ ।

वि’पक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आ’र्मीसँगै जोडिएर ल’डेका गोर्खाहरूलाई दिँदै आएको अ’समान पेन्सन अप’मानजनक रहेको र यसको अ’न्त्य गर्न भनेको छ ।

पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर अस’मान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताउनुभयो ।

बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद मोर्गनले भन्नुभयो, “गोर्खाहरूले २०० वर्ष हाम्रो देशमा सेवा गरेका कारण हाल उठाइएको मु’द्दामा हाम्रो चा’सो र चि’न्ता रहेको छ, सरकारले यो अप’मानजनक कार्य अ’न्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म हुन सकेको छैन, अब यो अप’मानजनक कार्य तत्काल अ’न्त्य हुनुपर्छ, हामी गोर्खाहरूको पक्षमा छौँ ।” उहाँले तीन गोर्खाले न्या’यका लागि म’र्न तयार रहेको भनिरहँदा बेलायती समाजमा यो का’लो ध’ब्बाका रूपमा देखिने बताउनुभयो ।

अन’शनरत मध्येका एक धन गुरुङले भन्नुभयो, “हाम्रो पुर्खाले यो देश ब’चाउन प्रा’ण आ’हुति गरे, अब हामीले न्या’यका लागि प्रा’ण त्या’ग्न तयार हुनुपरेको छ ।”

यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती से’नामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर गोर्खाहरूको उप’चार र पेन्स’नको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्या’योचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । – न्यु’ज 24 नेपा’लबाट ।

८१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया