
काठमाडौ / केन्द्रीय राजनीतिमा देखिएको राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा पनि पर्यो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभामा अविश्वास प्रस्ताव परेपछि उनले त्यसको ‘फेस’ नगरेर राजिनामा दिएका छन् । अ’ल्पमतमा पर्ने अवस्था देखिएपछि पोखरेलले राजिनामा दिएका हुन् ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएको पुष्टि गरे । प्रदेशसभा विशेष अधिवेशन आह्वान भएकै दिन साढे तीन वर्षपछि प्रथम मुख्यमन्त्री पोखरेलले आफ्नो पद छाडेका हुन् । पोखरेलको सत्ता ३ महिनादेखि सं’कटमा थियो ।
बुधवार बिहान भएको एमाले संसदीय दलको बैठकमा पोखरेललाई आफ्नै पार्टीका सांसदले राजिनामा दिन सुझाव दिएका थिए । लुम्बिनी प्रदेशकी सांसद विमला वलीको घट’नाका कारण पनि पोखरेल अप्ठे’रोमा परेका थिए । वलीले आफुलाई मुख्यमन्त्री कार्यालयमा ब न्ध’क बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।
२०७४ फागुन ३ गते पोखरेलले पहिलो पटक दुई तिहाइ बहुमत प्रदेश सरकारको नेतृत्व गरी मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । वि’पक्षी गठबन्धनले तेस्रो पटक प्रदेशसभामा पोखरेलवि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता गरेको छ । एमाले र माओवादी अलग(अलग भएपछि शंकर पोखरेल नेतृत्वको सरकार संक’टमा पर्न सुरु भएको थियो । – ईताजा खब’रबाट ।