बिहिबार ११ आश्विन २०८०

काठमाडाैं / सर्वो’च्च अ’दाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिकृतमा पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्त’रिम आ’देश जा’री गरेको छ ।

न्या’याधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इ’जलासले आज २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन अन्त’रिम आ’देश जा’री गरेको हो ।

आयोग वि’रुद्ध अर्जुन घिमिरेले दा’यर गरेको रि’ट नि’वेदनमा उक्त आ’देश भएको हो । कर्मचारी समायोजना गर्दा सङ्घमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी नभएको भन्दै स्थानीय तहमा पठाइएको थियो ।

रिक्त पद हुँदाहुँदै आफूलाई स्थानीय तहमा पठाइएको र ती ३४ जनाभन्दा पछि आएका सङ्घमा वरिष्ठ हुने भएकाले समानता र प्रशासनिक न्या’यको दृष्टिले का’नून सम्मत नहुने हुँदा आफूलाई पनि सङ्घमा समायोजन गर्नुपर्ने रि’ट निवेदकको मा’ग थियो ।

आ’देशमा भनिएको छ, “निवे’दकको पद सङ्ख्यामा पदपूर्ति नगरी सो पदमा यी निवेदकलाई कर्मचारी समायोजन गर्ने का’रबाही गर्न गराउन अ’न्तरिम आ’देश जारी गरिएको छ ।”

आ’देशमा सङ्घमा पद रिक्त हुँदा पनि निवे’दकलाई ऐ’न बमोजिम समायोजन नगरी ती पदमा खुल्ला विज्ञापनबाट पदपूर्ति गरिदा पछि आउने वरिष्ठ हुने र सङ्घमा रहने अवस्था हुँदा समानता र प्रशासनिक न्या’यको दृष्टिले का’नूनसम्मत नभएको उल्लेख छ ।

ती ३४ जना शाखा अधिकृतले विज्ञापन हुनुभन्दा अगाडि आफूहरु सङ्घमा नै रहन चाहेको नि’वेदन दिएको तर त्यसको सु’नुवाई नभएको रि’ट नि’वेदनमा छ । अ’दालतले सङ्घमा ती नि’वेदकको समायोजन नगरी विज्ञान प्रक्रिया अगाडि नबढाउने आ’देश दिएको छ । – न्युज 24 नेपा’लबाट ।

११४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया