
किच्क’न्याको कथा धेरैले सुनेको हुनुपर्छ । कतिपयले कि’च्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् । किच्क’न्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भू’त हो । यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी पुर्याउनेगरेको विश्वास छ ।
भारतमा चु’डैल पनि भन्ने गरिन्छ । तर, चुडै’लभन्दा किच’कन्या केही भिन्न मानिन्छ । यसले हानी नोक्शानी पनि पुर्याउने गरेको बताइन्छ ।
किचक’न्या रातको समयमा मात्र देखिने गरेको बताइन्छ । भेटेको दाबी गर्नेहरुका अनुसार किच’कन्या नारी स्वरुपको हुन्छिन् । असाध्यै सुन्दर र सफा हुन्छिन् । सबै सुन्दर भएपनि किच’कन्यालाई चिन्न उपाय भनेको खुट्टाको पाउ र शरीरको पछाडिको भाग मात्रै हो । किच’कन्याको पाउ सामान्य मानिसकको भन्दा भिन्न अर्थात् औंलाको भाग पछाडि र कुर्कुच्चा अगाडि फर्केको हुन्छ र ढाडमा अलिकति खोक्रो परेको हुन्छ ।
किच’कन्या चिहानबाट निस्कने गरेको बताइन्छ । मध्यरातमा चिहानबाट निस्कने र उज्यालो नभई फर्कने गर्छिन् । रातको समयमा पुरुषलाई भेटेमा यीनले आफ्नो पासोमा पार्छिन् । किच’कन्याले मानिसलाई मा र्ने या नोक्शानी पारिहाल्ने गर्दिनन् । तर, यीनले आफूसँग सम्बन्ध बनाएर पल्काउँछिन् । सम्बन्ध बनाउन पल्केको पुरुष विस्तारै सुक्दै जान्छ र मृ त्युको अवस्थामा पुग्छ ।
किच्कन्यासँग पल्केको पुरुषलाई छुटाउन तन्त्रमन्त्रबारे पनि सुनिएको छ । तान्त्रिकले किचकन्यासँग फसेको पुरुषलाई धागो दिने र सम्बन्धको समयमा धागो बानिदिन लगाउँछ । लामो धागोका कारण किच’कन्या कुन स्थानबाट निस्केकी हुन् पत्ता लाग्छ । त्यस स्थानमा हड्डी भेटिन्छ र त्यो धागो हड्डिमा बेरिएको भेटिन्छ । हड्डीलाई नष्ट गरेर र तन्त्र मन्त्र गरेर किचकन्या आउन नसक्ने बनाइन्छ । यसको अर्थ यो मृ त कन्या वा महिलाको भड्केको आत्मा हो ।
राजा महाराजाहरु पनि किच’कन्यासँग फसेको किम्वदन्ती छ । किच’कन्यासँग मल्ल राजा प्रताप मल्ल समेत फसेको किम्वदन्ती छ । पछि उनलाई तान्त्रिकले तन्त्रमन्त्र गरेर छुटाइदिएका थिए भन्ने गरिँदै आएको छ।