बुधबार २२ मंसिर २०७८

एजेन्सी / लन्डनबाट रुससम्म उडेर कीर्तिमान बनाएको चमेरोलाई बिरालोले मा’रेको छ ।

उक्त चमेरो कीर्तिमान स्तरमा २,०१८ किलोमिटर उडेर लन्डनबाट रुस पुगेको थियो । मान्छेको बूढीऔँला आकारको नाथुसिअस पिपिस्ट्रेल पोथी चमेरो रुसको पस्कोफ क्षेत्रमा देखिएको बीबीसीमा उल्लेख छ ।

चमेरोको पखेटामा लन्डन चिडियाखानाको सङ्केत चिह्न रहेको जनाइएको छ । उक्त चमेरोलाई एउटा पुनर्स्थापना समूहले उ’द्धार गरे पनि पछि म’रेको बताइएको छ ।

ब्रिटेनबाट कुनै पनि चमेरोले युरोपमा सबैभन्दा लामो यात्रा गरेको आठ ग्राम तौल भएको नाथुसिअस पिपिस्ट्रेल चमेरो नै भएको छ । त्यसले ब्रिटेनको अभिलेखमा रहेका सबै कीर्तिमानलाई भ’ङ्ग गरेको छ।

३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया